काठमाडाैं- अान्तरिक उडानमा सफल कम्पनीका रुपमा स्थापित बुद्ध एयरले पब्लिक कम्पनीमार्फत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ।
_x000D__x000D_
एयरले २१औं वार्षिक उत्सव मनाउँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटकलाई लक्षित गर्दै पहिलो चरणमा भारत तथा चीनका विभिन्न शहरमा अन्तराष्ट्रिय उडान गर्ने प्रतिबद्धता गरेको हो।
_x000D__x000D_
‘३० प्रतिशत बुद्ध एयरको सेयरसहित अन्तर्राष्ट्रिय उडान गर्ने तयारी समेत थालिसकेको छ’, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने, ‘पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानमा पब्लिकको पनि ३० प्रतिशत सेयर रहनेछ।’
_x000D__x000D_
यसबाहेक ३० प्रतिशत सेयर विदेशी कम्पनीलाई रणनितिक साझेदारको रुपमा दिइने र १० प्रतिशत सेयर हवाई क्षेत्रमा आउने चाहने प्रतिष्ठित व्यक्ति वा संस्थालाई पनि दिने बस्नेतको भनाइ छ। एयरले ‘एयर लेवर मार्केट रहेको विमाानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा प्रतिस्पर्धा गर्नेछैन’, उनले भने, ‘हाम्रो अर्जुनदुष्टि नै पोखराबाट पर्यटकलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय उडान गर्ने हो।’ एटीआर, जेट तथा एयरबसको सहकार्यमा उडान गर्ने उनको भनाइ छ।
_x000D__x000D_
अहिले सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख बजार लेवर मार्केट हो। भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बजार पनि पहिलो चरणमा लेवर मार्केट नै रहने हुँदा पर्यटक लक्षित अन्तराष्ट्रिय उडान पोखराबाट गर्ने उनले बताए। तर, अन्य विमानस्थलका तुलनामा पोखराबाट सेवा सञ्चालनमा केही जोखिम रहेको बस्नेतले बताए।
_x000D__x000D_
‘एयरले पहिलो चरणमा ६० करोड रुपैयाँभन्दा बढी लगानीमा पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्दै नाफामा जाने सम्भावना भएपछि मात्रै पब्लिकलाई शेयर दिन्छ’, बस्नेतले भने, ‘घाटामा जाने अवस्थामा पब्लिकलाई शेयर दिनुहुँदैन।’
_x000D__x000D_
सरकारले पनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ देखि सञ्चालनमा ल्याउने गरी निर्माणमा तीव्रता दिएको छ।
_x000D__x000D_
‘बुद्ध एयरले अहिले भारतको बनारसमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। योसँगै एयरलाइन्सले नेपालगञ्जबाट पनि नयाँ दिल्ली उडान गर्ने योजना बनाएको छ। उडान अनुमति दिएको अवस्थामा दिल्ली उडान गर्ने हो, नदिएको अवस्थामा कुनै कमेन्ट हुँदैन । हाम्रो प्रमुख लक्ष्य तथा योजना भनकै पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने हो’, उनले भने।
_x000D__x000D_
सन् १९९६ मा बुद्ध एयर दर्ता भएको थियो। दर्ता भएको एक वर्ष पछि सन् १९९७ मा पहिलो पटक १९०० डी जहाजमार्फत आन्तरिक उडानमा प्रवेश गरेको बुद्ध एयर एक सफल एयरलाइन्स कम्पनी अन्तर्गत पर्छ। बुद्ध एयरले अहिले दुई वटा १९०० डी बिचक्राफ्ट, ३ वटा एटीआर ४२ र ६ वटा एटीआर ७२ जहाज मार्फत आन्तरिक उडानमा हवाई सेवा दिँदै आएको छ।
_x000D__x000D_
एयरलाइन्ससँग दक्षिण एसियमा उच्च स्तरमा रहको जहाज मर्मत गर्ने आफ्नै ह्याङगर समेत छ। ह्याङगरको विस्तारमै मात्रै एयरलाइन्सले अर्बौ रुपैयाँ लगानी गरिसकेको छ। एयरले प्रत्यक्ष रुपमा झन्डै एक हजारलाई रोजगारी समेत दिँदै आएको छ। सुरुवाती चरणमा एयरलाई वित्तीय संस्थाले समेत ऋण दिन आनाकानी गर्थे। हवाई उद्योगमा नेपालको सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा समेत स्थापित भएको एयरलाइन्सको दाबी छ । एयरलाइन्सले वार्षिक करीब एक अर्ब रुपैयाँ कर तिर्दै आएको बस्नेतको दाबी छ।
_x000D__x000D_
एयरले अहिले भारतको बनारस सहित १५ गत्तव्यमा उडान गर्दै आएको छ। आन्तरिक उडानमा वार्षिक १५ लाख भन्दा बढी यात्रुलाई बुद्ध एयरले सेवा दिँदै आएको छ। बुद्ध एयरको अान्तरिकतर्फको बजार हिसा मात्रै ५० प्रतिशत भन्दा बढी छ। पछिल्लाे समय श्री एयरलाइन्स पनि आक्रामक रुपमा आन्तरिक उडानमा प्रवेश गरेसँगै प्रतिस्पर्धा बढेको छ।
_x000D__x000D_
बुद्ध एयरले आन्तरिक उडानमा एटीआरबाट मात्रै सेवा दिने समेत उनको भनाइ छ। नेपाल जस्तो देशका लागि एटीआर जहाज नै उचित रहेको उनको दाबी छ।
_x000D__x000D_
बुद्ध एयरले अहिले सातै प्रदेशका शहरी क्षेत्रमा उडान गरिरहेको छ। सबैभन्दा बढी प्रदेश १ का तीनवटा शहरमा उडान गरेको छ भने थोरै प्रदेश ७ को धनगढीमा मात्रै उडान गरेको एयरले जनाएको छ।
_x000D__x000D_
विराटनगर, भद्रपुर, तुम्लिङटार, सिमरा, चितवन, भैरहवा, पोखरा, नेपागञ्ज, धनगढी, सुर्खेतलगायतका शहरमा उडान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।