काठमाडौं– फिल्म ‘राधा २’ को नाम परिवर्तन हुने भएको छ।
_x000D__x000D_
पहिले ‘राधा २’ शीर्षक राखेर कथावस्तु र कलाकार चयन गरिएकाे फिल्मको नाम परिवर्तन गरी ‘प्रेम दिवस’ राखिएको छ।
_x000D__x000D_
फिल्ममा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको प्रमुख भूमिका रहनेछ।
_x000D__x000D_
निर्माण टिमले दसैंको घटस्थापनाको अवसर पारेर बुधबार काठमाडौंको मैतिदेवी मन्दिरमा फिल्मको शुभसाइत गरेको छ।
_x000D__x000D_
उक्त कार्यक्रममा निर्देशक योगेश घिमिरे, निर्माता सञ्जय न्यौपाने, लेखक प्रदीप भारद्वाज र नवनायक विशाल खरेल लगायतको उपस्थिति थियो।
_x000D__x000D_
कात्तिक पहिलो साताबाट छायांकनका लागि फ्लोमा निस्कने फिल्ममा महाराजा थापा, सुशीलजंग कार्की, महेश खड्का, दीपक शर्मा र वसन्त सापकोटाको संगीत रहनेछ।
_x000D__x000D_
फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहनेछ।
_x000D__x000D_
फिल्म प्रेम दिवसको छेकोमा प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।