काठमाडौं– सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
_x000D__x000D_
सरकारी वकिलको कार्यालय पोखरामा कार्यरत रहेका सहन्यायाधिवक्ता थापाले ठगी मुद्दा सर्वोच्चसम्म पुग्न नदिने भनी ५ लाख घुस लिएका हुन्। थापालाई ५ लाख रकम सेवाग्राहीसँग लिदै गर्दा बुधबार बिहान अख्तियारको टोलीले पक्राउ गरेको हो।
_x000D__x000D_
जिल्ला अदालतमा चलेको एक ठगी मुद्दा उच्च अदालतवाट अन्तिम गराई उनको पक्षमा फैसला गराइदिने सर्तमा थापाले रकम लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता रमेश ढकालले बताए।
_x000D__x000D_
उनलाई थप अनुसन्धाननका लागि काठमाडौं ल्याइँदै छ। विशेष अदालतमा उनीमाथि भ्रष्टाचार मुद्दा चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।