काठमाडौँ– यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको छ।
_x000D__x000D_
विभागले नेपालीहरूको महान् पर्व दसैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन आजदेखि असोज ३१ गतेसम्मलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको हो।
_x000D__x000D_
विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले रुट परमिट खुला भएसँगै सवारी चालकले यात्रुलाई सहज गन्तव्यमा ल्याउन तथा लैजानका लागि पालो पर्खनु नपर्ने बताए।
_x000D__x000D_
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले रुट परमिट खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुने बताए।
_x000D__x000D_
विभागले सो समयमा सामान बोकेर काठमाडौं भित्रिने ‘मल्टी एलेक्स ट्याक्टर ट्रेलर’ ठूला सवारी साधनलाई सञ्चालनमा रोक लगाएको छ।
_x000D__x000D_
ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले आजदेखि असोज ३१ गतेसम्म नारायणघाटबाट काठमाडौं आउने ठूला सवारी साधनलाई रोक लगाएको हो। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।