सिओल– उत्तर कोरियाली नेता किम जोङ उनले क्रिस्चियन धर्मगुरू पोप फ्रान्सिसलाई उत्तर कोरियामा स्वागत गर्न इच्छुक रहेको दक्षिण कोरियाले जनाएको छ।
_x000D__x000D_
दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा नेता किम र दक्षिण कोरियाली राष्ट्रपतिबीच भएको वार्ताका क्रममा उत्तर कोरियाली नेताले क्रिस्चियन धर्मगुरू पोपलाई उत्तर कोरियामा स्वागत गर्न आफू उत्सुक रहेको बताएको जनाइएको छ।
_x000D__x000D_
किमले केही महिनायता उत्तर कोरियाली आणविक हतियारलाई व्यवस्थापन, कोरियाली प्रायद्वीपको सैन्य तनाब र आर्थिक नाकाबन्दी विषयमा कुटनीतिक छलफललाई जारी राख्दै आएका छन्।
_x000D__x000D_
यसै सिलसिलामा केही महिना पहिले उनले चीनको भ्रमण गरी चिनियाँ नेताहरूसँग छलफल गरेका थिए। चीनले उत्तर कोरियाली राजनीति तथा आर्थिक गतिविधिमा उल्लेख्य चासो राख्ने गर्दछ।
_x000D__x000D_
उत्तर कोरियाले देशको प्रमुख आम्दानीको स्रोत कोइलालाई चीन तथा रूसमा आपूर्ति गर्ने गर्दछ। यद्यपि पछिल्लो समय यो क्रम राष्ट्रसङ्घको नाकाबन्दीका कारण रोकिएको छ।
_x000D__x000D_
उत्तर कोरिया औपचारिक रूपमा कुनै धर्मको पक्षमा छैन। एक कम्युनिष्ट राष्ट्र भएकाले कुनै पनि धर्मसम्बन्धि गतिविधि उसको आकर्षणका विषय होइनन्। अर्थात् उत्तर कोरियामा धार्मिक
_x000D_गतिविधिमाथि कडा नियन्त्रण छ।
_x000D__x000D_
यसअघि सन् २००० मा भएको अन्तरकोरियाली शिखर सम्मेलनका क्रममा पनि किमका पिताले सोही प्रकारको निमन्त्रणा तत्कालीन पोप जोन पाउल द्वित्तीयलाई दिएका खबर सञ्चार माध्यमले लेखेका थिए। तर, त्यतिबेलाका पोप र तत्कालीन नेताबीच कुनै भेटवार्ता भएको थिएन।
_x000D__x000D_
उत्तर कोरियाले क्याथोलिक धर्मगुरूलाई स्वीकार गरेको अवस्थामा मात्र पोपको भ्रमण हुनसक्ने भेटिकन अधिकारीले जनाएका छन्। रासस÷एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।