वासिङ्टन– संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीले मङ्गलबार राजीनामा दिएकी अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
_x000D__x000D_
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा समूहबाट राजीनामा दिएकी हेली र ट्रम्पबीच स्थानीय समय अनुसार मंगलबार बिहान १०ः३० बजे राष्ट्रपतिको कार्यालय ओभल हाउसमा भेट हुने कार्यक्रम छ।
_x000D__x000D_
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीको राजीनामाबारे केही नबताइकनै ‘मेरो साथी निकी हेलीका विषयमा ठूलो घोषणा गर्न लागेको’ आफ्नो ट्विटर पेजमा उल्लेख गरेका छन्।
_x000D__x000D_
अमेरिकी सञ्चारमाध्यमहरु सिएनएन, फक्स न्यूज तथा द न्यूयोर्क टाइम्समा राजीनामाबारे समाचार प्रकाशित भएका छन्। तर, उनको राजीनामा आउनुको कारणबारे भने कसैले उल्लेख गरेका छैनन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।