काठमाडौं– हिन्दु धर्मावलम्बीहरुको ठूलो चाड दसैं नजिँकिदै गर्दा रोजगारीका लागि विभिन्न देश पुगेका नेपाली कामदार स्वदेश फर्किने क्रम बढेको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारीका लागि विदेश जानेभन्दा स्वदेश फर्किने कामदारको संख्या धेरै भएको विमानस्थलअन्र्तगतको अध्यागमन कार्यालयले जानकारी दिएको छ।
_x000D__x000D_
विमानस्थलमा दसैं मनाउन फर्किने र अन्य हवाई यात्रुको भीडभाड ह्वात्तै बढेको छ। मंगलबार कतारबाट फर्र्किएका इलामका रामबहादुर राई विमानस्थलमा भेटिए। भेटमा उनले परिवारसँगै दसैं मनाउनका लागि स्वदेश फर्किएको बताए। ‘४ महिनाअघि देखि बिदा मिलाएको थिएँ। परिवारसँगै रहेर चाडपर्व मनाउँन भनेर नै यही समय नेपाल आएको हुँ।’, राई संवादमा जोडिए।
_x000D__x000D_
दसैंका बेला कतारमा रहेका धेरै नेपालीले हवाई टिकट नपाएर स्वदेश फर्किन नसकेको राईले गुनासो गरे। ‘एक त कामबाट यही समयमै छुट्टी मिलाउन कठिन छ।’, उनले भने, ‘त्यसमाथि छुट्टी मिलिहाल्यो भने पनि जहाजको टिकट नपाएर हैरान छ। धेरै साथीहरु त टिकटकै अभावमा घर आउन नसक्ने हुनुभएको छ।’ कतारबाट आफूसँगै ४० जना नेपाली दसैं मनाउन नेपाल फर्किएको उनले जानकारी दिए।
_x000D__x000D_
यस्तै, ओमानबाट दसैं, तिहार मनाउनकै लागि स्वदेश फर्किएको कैलालीका गोपीकृष्ण धिमालले बताए। ‘२/३ वर्षमा एक पटक बिदा मिल्छ। त्यो बिदालाई चाडपर्वकै बेला पारियो भने धेरै आफन्तसँग भेटघाट हुन पाइन्छ। सम्बन्धमा ताजापन पनि आउँछ।’, विमानस्थलको आगमन कक्षबाट निस्किँदै गदा धिमालले भने, ‘त्यसमाथि चाडपर्वमा गाउँघरको माहोल पनि भरिभराउ र उल्लासमय हुन्छ।’
_x000D__x000D_
_x000D__x000D_
राई र धिमालजस्तै धेरै नेपालीहरु दसैं, तिहार मनाउनकै लागि स्वदेश फर्किने गरेका छन्।
_x000D__x000D_
अध्यागमन कार्यालयका अनुसार केहीदिन यता वैदेशिक रोजगारीबाट दैनिक २ हजार ५ सयको हाराहारीमा नेपाली स्वदेश फर्किने गरेका छन्। यो संख्या अन्य समयको भन्दा ३ गुणा बढी हो। चाडपर्व भन्दा बाहेकको समयमा यो तथ्यांक दैनिक ३ देखि ७ सयसम्म मात्रै छ। उता रोजगारीको खोजीमा दैनिक करिब ७ सयको संख्यामा विदेशिने गरेको कार्यालय बताउँछ।
_x000D__x000D_
असोज महिना लागेपछि मात्रै करिब ४० हजार नेपाली स्वदेश फर्किएको अध्यागमन कार्यालयले जनाएको छ। अन्य समय मासिक १५ हजारको हाराहारीमा मात्रै स्वदेश फर्किने गरेको कार्यालयको तथ्यांक छ।
_x000D__x000D_
यसैबीच, वैदेशिक रोजगार विभागले विदेशबाट फर्किएका कामदारको तथ्यांक राख्न गत असोज १५ देखि सुरु गरेको छ। त्यसयता १२ हजार नेपाली कामदार विदेशबाट नेपाल फर्किएका छन्। यो अवधिमा ७ हजार मात्रै कामदार बाहिरिएको विभागले जनाएको छ।
_x000D__x000D_
अन्य समयको भन्दा चाडपर्वको मुखमा स्वदेश फर्किने नेपालीको संख्यामा वृद्धि हुनुलाई स्वभाविक मान्छन् वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप कुमार चापागाईं। भन्छन्, ‘एकातर्फ परिवार, आफन्तसँग भेटघाट गर्न पाइने। अर्कोतर्फ संस्कृति र धार्मिक आस्थाका हिसाबले पनि चाडपर्व महत्वपूर्ण मानिन्छन्। त्यसकारण पनि यो समय धेरै नेपालीहरु स्वदेश फर्किन्छन्।’
_x000D__x000D_
कतिपय कामदारका हकमा भने कामको चाप कम पर्ने भएकोले कम्पनीहरुले यही समयमै बिदा दिने गरेकोले पनि नेपाल फर्किने गरेको उनको बुझाइ छ।
_x000D__x000D_
वैदेशिक रोजगारीका लागि नेपाली युवा सबैभन्दा धेरै खाडीका देश र मलेसिया जाने गरेको पाइन्छ। विदेशिएका कुल नेपालीमध्ये यी देशमा मात्रै करिब ७५ प्रतिशतभन्दा धेरै कामदार पुगेका छन्। त्यसकारण पनि चाडपर्वका बेला यीनै देशहरुबाट स्वदेश फर्किनेको संख्या बढी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।