खराब निर्माण व्यवसायीलाई कानुनको दायरामा ल्याउँछौं : अध्यक्ष सिंह

नेपाल लाइभ | २०७५ असोज २३ मंगलबार | Tuesday, October 09, 2018 १४:४४:३० मा प्रकाशित

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले केही खराब निर्माण व्यवसायीको कारण सम्पूर्ण निर्माण व्यवसायी अप्ठेरोमा परेको बताएका छन्।

_x000D_ _x000D_

पूर्वअध्यक्ष स्वर्गीय शरदकुमार गौचनको स्मृतिमा मंगलबार काठमाडौंमा आयोजित शोक सभामा बोल्दै अध्यक्ष सिंहले खराब निर्माण व्यवसायीले फैलाएको अराजकताले आफूहरु अप्ठेरोमा परेको बताएका हुन्।

_x000D_ _x000D_

व्यवसायी, कर्मचारी र नेताहरुले सार्वजनिक खरिद ऐनको छिद्रलाई दुरुपयोग गरिरहेको हुँदा महासंघ यस्तो कार्यको विरुद्धमा लाग्ने अध्यक्ष सिंहको भनाइ छ। उनले आफू नेतृत्वको नयाँ कार्यसमितिले खराब व्यवसायीलाई कानुनको दायरामा ल्याउने र त्यसमा प्रतिरोध गरे आन्दोलन गर्ने चेतावनीसमेत दिए।

_x000D_ _x000D_

महासंघका अध्यक्ष सिंहले नेपालको निर्माण क्षेत्रलाई समृद्ध बनाउन गौचनको कार्यकालमा हुन नसकेका कामलाई पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। 

_x000D_ _x000D_

गौचनको ठीक एक वर्षअघि नयाँ बानेश्वर शान्तिनगरस्थित आफ्नो निवासबाट महासंघ सचिवालय आउने क्रममा निवास नजिकै गोली हानी हत्या गरिएको थियो।