राजविराज– मूलुकभरी बलात्कार तथा महिला हिंसाका घटना बढ्दै गएपछि सप्तरीमा बलात्कार र यौनजन्य अपराधविरुद्ध ‘जवाफदेहिता अभियान’ सुरू भएको छ।
_x000D__x000D_
राजविराजमा विभिन्न पेसा र क्षेत्रमा आवद्ध व्यक्तिहरुले महिला हिंसा, दुर्व्यवहार, विभेदकारी कार्यविरुद्ध एक भएर लाग्ने प्रतिबद्धता जनाउँदै अभियानको आरम्भ गरिएको हाे।
_x000D__x000D_
अायाेजक लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालका अध्यक्ष तथा इन्सेक प्रतिनिधि मनोहर पोखरेलले सप्तरी जिल्लामा ९ महिनाको अवधिमा २ वर्षीया बालिका र ७० वर्षीया बृद्धासहित ४० जना बलात्कृत भएको बताए। उनले तथ्यांकले नै सबैलाई गिज्याएको भन्दै जिम्मेवारी पन्छाउने भन्दा पनि सबैले जवाफदेहिता लिनुपर्नेमा जोड दिए।
_x000D__x000D_
परम्परागत धर्म, संस्कृति, मूल्यमान्यता, सोच र चिन्तनमा आमूल परिर्वतन नभएसम्म महिलाविरुद्ध हुने विभेद र हिंसाको अन्त्य नहुने भन्दै मानव अधिकार संस्कृतिको विकासमा जोड दिन सहभागीहरुले सुझाएका थिए।
_x000D__x000D_
राजनीतिक दल, नागरिक समाज तथा युवा पुस्तामा मानव अधिकार र नैतिकताको बारेमा सचेतना, प्रतिबद्धता र इच्छाशक्ति नभएसम्म महिला हिंसाविरुद्धका घट्नामा कमी नआउने उनीहरुको भनाइ छ।
_x000D__x000D_
अभियानको उद्घाटन पूर्व बलात्कार र यौनजन्य अपराधविरुद्धका नारासहित प्रदर्शन गरिएको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।