काठमाडाैं- नेपाल विद्यार्थी संघको विधान केन्द्रीय कार्य समितिमा बहुमतले पारित भएपछि पौडेल र सिटौला समूह संस्थापन पक्षसँग रुष्ट बनेको छ। यी दुई समूहले रणनीति तय गर्न छुट्टै भेला बाेलाउने तयारीमा छन्।
_x000D__x000D_
आन्तरिक रणनीति तय गर्न भन्दै पौडेल समूहले बुधबार बेग्लै भेला डाकेको छ। वनस्थली आसपास हुने भेलाको समय भने निश्चित गरिएको छैन। नेविसंघ पदाधिकारीको उमेर हद हटाउने पक्षमा रहेका कृष्णप्रसाद सिटौला समूहका नेताहरु पनि सहभागी हुने बताइएको छ।
_x000D__x000D_
गत आईतबार बसेको केन्द्रीय कार्य समितिको बैठकले नेविसंघ पदाधिकारीको उमेर हद ३२ वर्ष कायम गरेपछि अब कसरी अघि बढ्ने भनी छलफल गर्न बैठक बाेलाइएकाे हो।
_x000D__x000D_
उक्त निर्णयप्रति शीर्ष चार नेताले फरक मत राखेका थिए। नेविसंघ कार्य समितिले पारित गरी पठाएको विधानभन्दा फरक विधान बैठकमा पेश भएको भन्दै नेताहरुले आपत्ति जनाएका थिए। असन्तुष्ट पक्ष बिहिबारका लागि तय गरिएको केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने मनसायमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।