काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१८ महिला च्याम्पियनसिपको उपविजेता टिमका सदस्यलाई जनही ५०–५० रुपैयाँ पुरस्कार स्वरुप दिने भएको छ। एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कार रकम दिने जनाएको हो।
_x000D__x000D_
नेपालले च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको थियो। भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा आइतबार भएको उपाधि भिडन्तमा बंगलादेशसँग १–० गोलले पराजित हुँदा नेपालको उपाधि जित्ने लक्ष्य भने पूरा भएन।
_x000D__x000D_
सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। बंगलादेशले भने आयोजक भुटानलाई हराउँदै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो।
_x000D__x000D_
त्यसअघि समूह चरणमा नेपालले पाकिस्तानलाई १२–० ले पराजित गरेको थियो। समूह चरणको दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो। नेपाललाई बंगलादेशले २–१ गोलले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।