काठमाडौं– बामदेव गौतमलाई प्रतिनिधिसभामा सदस्य बन्न सहयोग हुनेगरी राजीनामा घोषणा गरेका रामवीर मानन्धरले गौतम संसदमा पुग्न गौरवको कुरा भएको बताएका छन्।
_x000D__x000D_
'पार्टी एकता गर्न बामदेवको भूमिका छ। त्यस्ता नेताहरु सम्मान स्वरुप संसदमा उपस्थित भए भने हाम्रो लागि गौरवको कुरा हुन्छ। विकास निर्माण तिब्र हुन्छ', मंगलबार आफ्नो राजीनामा बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मानन्धरले भने।
_x000D__x000D_
उनले जनताको एउटैमात्र अपेक्षा भनेको विकास मात्रै भएको र आफूहरुले चुनावमा पनि त्यही भनेर मत मागेको बताए। 'हामीले चुनावमा हामीलाई बहुमत दिनुहोस्, देशलाई बनाउँछौं भनेका थियौं', उनले भने, 'बनाउने आधार भनेको कोही मान्छेहरुको खोजीमा हुन्छ। त्यो मान्छेको खोजीको लागि एउटा व्यवस्थापन पनि हुन्छ। त्यो व्यवस्थापनसँग हामी जोडिने कि नजोडिने?'
_x000D__x000D_
गौतम गत चुनावमा बर्दिया-१ बाट पराजित भएका थिए। उनी कांग्रेसका सञ्जयकुमार गौतमसँग ७ सयभन्दा बढी मतले पराजित भएका थिए। तर उनले आफू पराजित हुनाको कारण अन्तर्घात भएको बताउँदै आएका छन्। तर, गौतम प्रतिनिधिसभा सदस्य बन्न जोडबल गरेपछि काठमाडौं ७ बाट प्रतिनिधित्व गरिरहेका मानन्धरले राजीनामा दिएर सहयोग गर्न लागेका हुन्।
_x000D__x000D_
'मैले सचिवालय बैठकमा राजीनामाबारे स्वीकृत पत्र दिइसकेको छु। भोलि बस्ने सचिवालय बैठकबाट निर्णय भयो भने म राजीनामा दिन्छु। पार्टीले स्वीकृत गरेपछि आधिकारिक राजीनामा दिन्छु', मानन्धरले भने, 'मेरो तर्फबाटचाहिँ मैले राजीनामा दिएँ।'
_x000D__x000D_
मानन्धरले राजीनामामा आफ्नो कुनै सर्त नभएको बताए। '०४९ सालदेखि पार्टीले वडा सदस्य बनाएको हो। दुई पटक सांसद बनाएको हो', उनले थपे, 'मेरो सर्त के नै हुन्छ र? पार्टीले निर्णय गरेपछि म मान्न तयार छु।'
_x000D__x000D_
'राष्ट्रियसभामा हुनु भनेको पार्टीको निर्णय हो। पार्टीले निर्णय गर्छ भने मन्त्री पनि हुनसक्छ। प्रधानमन्त्री त नबनाउला', सर्तबारे उनले थपे।
_x000D__x000D_
आफूले राजीनामा दिँदा जनताको सम्मान नै हुने मानन्धरले बताए।
_x000D__x000D_
'बामदेव मजस्तो फुत्त आएका नेता होइनन्। उहाँको लामो इतिहास छ', बामदेवलाई छाड्नुको थप कारण मानन्धरले खुलाए।
_x000D__x000D_
मानन्धरले जनताले जे चाहेका छन्, त्यो आफूले पूरा गरिरहेको भए पनि वामदेव आए 'र्यापिड्ली' विकास हुने दाबी गरे। 'मैले मेरो ठाउँको लागि निर्माणको जुन अभियान चालेको छु, त्यो र्यापिड्ली हुने सम्भावना देखेको छु', उनले भने।
_x000D__x000D_
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा उनी काठमाडौं ७ बाट विजयी भएका थिए। उनले कांग्रेस र राप्रपाका साझा उम्मेदवार विक्रम थापालाई ८ हजारभन्दा बढी मतले पराजित गरेका थिए।
_x000D_गौतमले केही महिनायता आफूलाई सांसद बनाउन सचिवालय बैठकमा निरन्तर छलफल गराइरहेका छन्। पार्टीभित्रको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र उनी पक्षका नेताहरुले भने असहमति राखिरहेका थिए। गौतमले विभिन्न जिल्लाका सांसदहरुलाई फिर्ता बोलाउन पहल गरिरहेका पनि थिए। तर उनलाई ती सहयोगी भएनन्। अन्तिममा, मानन्धरलाई फिर्ता बोलाएर गौतम भित्र्याउन अर्का अध्यक्ष प्रचण्ड पनि सक्रिय भएपछि नयाँ परिस्थिति सिर्जना भएको हो।
_x000D__x000D_
प्रचण्डले सोमबारको सचिवालय बैठकमा मानन्धरको लिखित सहमतिपत्र पढेर सुनाएका थिए। उनले गौतमलाई सांसद बनाउने प्रस्ताव पनि राखेका थिए। तर, अर्का सचिवालय सदस्य ईश्वर पोखरेलले खराब प्रथा हुने भन्दै विरोध गरेका थिए।
_x000D__x000D_
गौतमले यसअघि डोल्पाबाट सांसद बन्ने प्रयास गरेका थिए। तर त्यहाँबाट विजयी सांसद धनबहादुर बुढालाई कार्यकर्ताले राजीनामा नगर्न दबाब दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।