काठमाडाैं– वाइडबडी जहाज खरिद प्रकरणमा अनियमितता भएको भन्दै विरोध भएपछि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले खरिद प्रक्रियामा भएको विषयवस्तु समेटेर श्वेतपत्र जारी गर्ने तयारी गरेको छ।
_x000D__x000D_
नेपाल एयरलाइन्सले जहाज खरिद प्रक्रियाका सबै विषयवस्तु समेटेर श्वेतपत्र तयार गरिसकेको छ। स्वेतपत्र नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा पुगेको छ। समितिले स्वेतपत्र स्वीकृत भने गरिसकेको छैन।
_x000D__x000D_
के छ श्वेतपत्रमा?
_x000D__x000D_
श्वेतपत्रमा निगमको वाइडबडी विमान खरिद प्रक्रिया सुरु गर्नुपूर्व अन्तर्राष्ट्रिय उडानको लागि करिब ३० वर्ष पुराना दुईवटा बोइङ ७५७ र नयाँ खरिद गरिएका दुईवटा न्यारोबडी एयरबस ए ३२०–२०० सञ्चालनमा रहेको उल्लेख छ।
_x000D__x000D_
नेपालको अर्थतन्त्रमा योगदान गर्ने प्रमुख क्षेत्रमध्ये पर्यटनलाई महत्वपूर्ण खम्बाको रुपमा कायम गरी सरकारले पर्यटन क्षेत्रको प्रवर्धन र विकास युद्धस्तरमा गर्ने निर्णयअनुसार वाइडबडी जहाज खरिद गर्ने निर्णय गरेको स्वेतपत्रमा उल्लेख छ।
_x000D__x000D_
सोहीअनुरुप सरकारले आर्थिक वर्ष २०७१/७२ को वार्षिक बजेटमार्फत हवाई सेवालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय आवागमन र पहुँच बढाउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका विमानहरु थप गर्ने निर्णय गरेको उल्लेख छ। सोही बजेटमा आगामी ५ वर्षभित्र राष्ट्रिय उडानतर्फ ७ वटा नयाँ जहाज सञ्चालनमा ल्याइने उल्लेख गरेको समेत स्वेतपत्रमा उल्लेख छ।
_x000D__x000D_
त्यसपछि आर्थिक वर्ष २०७२/७३ को बजेटमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा थप जहाजहरु ल्याउने प्रक्रिया शुरु गरिनेछ भन्ने विषय समेत स्वेतपत्रमा समावेश गरिएको छ।
_x000D__x000D_
त्यसलगत्तै प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयबाट ‘अन्तर्राष्ट्रिय उडान सेवा विस्तार तथा विदेशी वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्न तथा आन्तरिक उडानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल वायुसेवा निगमले आवश्यकताअनुसार विमानहरु खरिद गरी सञ्चालनमा ल्याउने’ निर्देशन भएको कुरा पनि उल्लेख छ।
_x000D__x000D_
यसैगरी निगमको ३ वर्षे सुधार कार्ययोजना, २०७२ मा २०७२ फागुनभित्र दुईवटा वाइडबडी जहाज खरिदको लागि आवश्यक टेन्डर डकुमेन्ट तयार गर्ने उल्लेख भएको समेत स्वेतपत्रमा उल्लेख गरिएको छ । टेन्डर डकुमेन्टमा २०७३ को मंसिरमा पहिलो वाइडबडी र दोस्रो वाइडबडी २०७३ को फागुनभित्र प्राप्त गर्ने सीमा तोकिएको विषय पनि श्वेतपत्रमा तयारी अवस्थामा रहेको उल्लेख छ ।
_x000D__x000D_
त्यसलगत्तै आर्थिक वर्ष २०७३/७४ को बजेट र नीति तथा कार्यक्रममा ‘आगामी आर्थिक वर्षमा दुईवटा वाइडबडी विमान खरिद गर्ने व्यवस्था मिलाइने’ उल्लेख छ। त्यसमा पनि जहाज खरिदका लागि आवश्यक ऋण लिँदा नेपाल सरकार जमानत बस्ने भनी २०७३ भदौ २९ गते अर्थमन्त्रीस्तरीय निर्णय भएको फाइल २०७३ असोज ६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नेवानिलाई प्राप्त भएको विषय समेत श्वेतपत्रमा उल्लेख गरिएको छ।
_x000D__x000D_
सोही प्रक्रियाअनुसार नेवानिले वाइडबडी जहाज खरिद प्रक्रिया सुरु गरी जहाज नेपाल ल्याई व्यावसायिक उडान सुरु गरेको स्वेतपत्रमा उल्लेख छ। त्यसमा पनि निगम स्थापना भएको ६० वर्षपछि पहिलो पटक दुईवटा वाइडबडी जहाज नेपाल आइपुगेको विषय पनि श्वेतपत्रमा उल्लेख छ।
_x000D__x000D_
जहाज आउँदा जनतामा जति खुसी र उत्साह थियो त्यति नै खरिद प्रक्रियामा पारदर्शिता र स्वच्छताप्रति पनि जनताले प्रश्न उठाएका थिएनन्। तर, पछिल्लो सयय जहाज खरिदको विषयमा नकारात्मक प्रश्न आउन थालेपछि नेवानिले श्वेतपत्र जारी गर्न लागेको श्वेतपत्रमा उल्लेख छ।
_x000D__x000D_
जहाज खरिदमा सार्वजनिक खरिद ऐन, २०६३ र नेपाल वायुसेवा निगम, आर्थिक विनियमावली, २०६५ लागि पालना गरेको विषयवस्तु तयारी अवस्थामा रहेको श्वेतपत्रमा उल्लेख छ। त्यसमा पनि २०७२ माघ १० गते बसेको नेवानिको सञ्चालक समितिको बैठकले ३ वर्षे कार्ययोजना लागू गर्ने निर्णय गरेको श्वेतपत्रमा उल्लेख छ।
_x000D__x000D_
यसैगरी २०७३ वैशाख २ गतेको बसेको समितिको बैठकले निगम आर्थिक विनियमावली, २०६५ को विनियम दफा २३६ (ज्ञ) (ख) अनुसार व्यवस्थापनबाट प्रस्तुत खरिद प्रस्तावको अध्ययन गरी प्रतिवेदन पेस गर्न समितिका सदस्यको संयोजकत्वमा उपसमिति गठन गरिएको श्वेतपत्रमा उल्लेख छ। उपसमितिले २०७३ साउन ३१ गते जहाज खरिदका लागि अध्ययन गरी रिपोर्ट पेस गरेको उल्लेख छ।
_x000D__x000D_
उपसमितिको रिपोर्टमा ३ वटा विकल्प सिफारिस गरेको थियो। सोही रिपोर्टको आधारमा २०७३ भदौ २९ गते व्यवस्थापनले जहाज खरिदमा ४५ दिनको म्याद दिई अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्न मितिको प्रस्ताव नेवानिको सञ्चालक समितिमा पेस भएको थियो। सोही प्रस्तावको आधारमा नेवानि सञ्चालक समितिले २०७३ असोज ५ गते जहाज खरिदको डकुमेन्टको ढाँचा तयार गर्ने निर्णय गरेको समेत श्वेतपत्रमा उल्लेख छ। साथै सोही दिनको बैठकले जहाज खरिदमा लाग्ने अनुमानित रकम प्रतिथान ११ करोड ८१ लाख ६३ हजार ७ सय ७३ अमेरिकी डलर रहेको समेत ठहर गरेको थियो।
_x000D__x000D_
सोहीअनुरुप २०७३ असोज ७ गते बसेको निगमको सञ्चालक समितिको बैठकले जहाज खरिकको लागि टेन्डर गर्ने निर्णय गरेको समेत स्वेतपत्रमा उल्लेख गरिएको छ। सोही दिनको बैठकले ‘रोल्स रोयस ट्रेन्ट ७७२बी इन्जिन’ जडान भएका दुईवटा वाइडबडी विमान ए ३३०–२०० जहाज खरिदको सूचना प्रकाशित गर्ने निर्णय गरेको श्वेतपत्रमा उल्लेख छ।
_x000D__x000D_
नेवानिले २०७३ असोज १० गते जहाज खरिदको ग्लोबल टेन्डर सूचना गरेको थियो। सूचनामा ११ वटा बोलपत्रदाताबाट प्रस्ताव आएको थियो। २०७३ कात्तिक २३ मा सोही प्रस्तावको मूल्यांकन गर्न कमिटी गठन भएको र कमिटीले पुस २ मा प्रस्तावहरुको विषयमा अध्ययन गरी महाप्रबन्धकलाई सबैभन्दा सस्तोमा जहाज दिन तयार एएआर कर्पोरेसन सिफारिस गरी प्रतिवेदन पेस भएको श्वेतपत्रमा उल्लेख छ।
_x000D__x000D_
२०७३ माघ एक गतेको बसेको निगमको सञ्चालक समितिको बैठकले एएआरसँग जहाज खरिद गर्ने निर्णय गरेकोदेखि जहाज खरिदमा रकम भुक्तानी भएको विषय समावेश गरेर नेवानिले स्वतेपत्र जारी गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।