काठमाडौं– सन् २०२० मा अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ। एशिया छनोट समूह ‘बी’ मा लगातार ४ जित निकाल्दै नेपाल दोस्रो चरणमा पुगेको हो।
_x000D__x000D_
मंगलबार भुटानमाथि १ सय १७ रनको जित निकालेको नेपाल पहिलो चरणको २ खेल बाँकी रहदै दोस्रो चरणमा पुगेको हो। यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेट, दोस्रो खेलमा आयोजक मलेसियालाई पनि ८ विकेट र तेस्रो खेलमा थाइल्यान्डलाई १ सय ४० रनले पराजित गरेको थियो।
_x000D__x000D_
_x000D__x000D_
पहिलो चरणको सुरुवाती ४ खेल जितेपछि नेपाल ८ अंक जोडेर शीर्ष स्थानमा छ। पहिलो चरणको छनोटबाट शीर्ष ३ टिम दोस्रो चरणमा पुग्नेछन्। चौथो स्थानको थाइल्यान्डको ५ खेलबाट ५ अंक रहेकाले नेपालका लागि बाँकी खेल उपाधि भिडन्तका लागि मात्र हुनेछ।
_x000D__x000D_
मलेसियामा जारी प्रतियोगितामा नेपालसँगै सिंगापुरको पनि ८ अंक छ। नेपालसँग समान अंक जोडेको सिंगापुर पनि दोस्रो चरणमा पुगेको छ। नेपालले अब बुधबार चीन र शुक्रबार सिंगापुरसँग खेल्नेछ। नेपालका लागि सिंगापुरविरुद्धको खेल उपाधि भिडन्त जस्तै हुनेछ।
_x000D__x000D_
अंक तालिका
_x000D__x000D_
_x000D__x000D_
प्रतियोगितामा नेपालसहित सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ। नेपाल र सिंगापुरले दोस्रो चरणमा स्थान पक्का गर्दा अब बाँकी एक स्थानका लागि मलेसिया र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। मलेसिया र थाइल्यान्ड दुवैले ५–५ खेल खेलेर ५–५ अंक नै जोडेका छन्। मलेसियाले चीनसँग र थाइल्यान्डले म्यानमारसँग खेल्न बाँकी छ। कमजोर प्रदर्शन गरेका चीन, भुटान र म्यानमार भने पहिलो चरणबाटै बाहिरिएका छन्।
_x000D__x000D_
_x000D__x000D_
यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट भएका नेपाल, सिंगापुर र १ टिम (थाइल्यान्ड वा मलेसिया) बीच प्रतिस्पर्धा हुनेछ। ६ टिम बीचको दोस्रो चरणको प्रतिस्पर्धाबाट २ टिम अन्तिम चरणका लागि छनोट हुनेछन्। अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुने र तीमध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।