काठमाडौं- संघीय संसदको अर्थ समितिले दसैं सुरु हुनुभन्दा कम्तीमा दुई महिनाअघिदेखि नै उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ।
_x000D__x000D_
समितिको मंगलबार बसेको बैठकले दसैं, तिहार, छठलगायतका चाडपर्वको समयमा हरेक वर्ष मूल्यवृद्धिको समस्याले आम नागरिक आक्रान्त भइरहेका भन्दै चिन्ता प्रकट गरेको छ।
_x000D__x000D_
चाडपर्व सुरु हुनुभन्दा कम्तिमा २ महिना पहिलेदेखि नै आधारभूत सामग्रीको अस्वभाविक मूल्यवृद्धिमा नियन्त्रण गर्ने प्रणालीका लागि आवश्यक कानूनी व्यवस्था गर्न अर्थ मन्त्रालयका नाममा समितिले निर्देशन दिएको हो।
_x000D__x000D_
चाडपर्वको समयलाई दृष्टिगत गरी तत्काल सुपथ मूल्य पसलको अवधि र क्षेत्रगत दायरा विस्तार गर्नका साथै समयमै गुणस्तरीय, सुलभ र सुपथ मूल्यमा वस्तु वा सेवाको आपूर्तिको व्यवस्था सुनिश्चित हुने गरी कार्य गर्न गराउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।