दसैंको मौका पारेर सिड्नीमा नेपालीको चंगा महोत्सव

नेपाल लाइभ | २०७५ असोज २३ मंगलबार | Tuesday, October 09, 2018 १३:२०:२४ मा प्रकाशित

सिड्नी, अस्ट्रेलिया- दसैंको अवसर पारेर १३ अक्टोबर (शनिबार) अस्ट्रेलियाको सिड्नीमा पाँचौं नेपाल चंगा महोत्सव २०१८ आयोजना हुने भएको छ। गुठी अस्ट्रेलियाले सिड्नीस्थित बाइसेन्टिनियल पार्कमा आयोजना गर्न लागेको फेस्टिभलको सम्पूर्ण तयारी पूरा भएको आयोजक गुठी अस्ट्रेलियाले जानकारी दिएको छ।

_x000D_ _x000D_

‘कार्यक्रममा सहभागीहरुलाई कुनै पनि शुल्क लिइने छैन। यद्यपि, चंगाको लट्टाई किन्न लागि भने निश्चित शुल्क लाग्नेछ’ कार्यक्रमको जानकारी दिँदै गुठी अस्ट्रेलियाका अध्यक्ष शिव श्रेष्ठले भने। 

_x000D_ _x000D_

मुख्य आकर्षण चंगा उडाउनु भएपनि फेस्टिभलमा थप आकर्षण बडाउन यो वर्ष लोकप्रिय गायक दीपक बज्राचार्य तथा रिदम ब्यान्डको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ। अस्ट्रेलियाका विभिन्न ६ ठाउ“मा सांगीतिक प्रस्तुति दिइसकेको ब्यान्डको अन्तिम प्रस्तुति फेस्टिभलमा प्रस्तुत हुन लागेको हो। दीपकको ‘मन मगन...’लगायत दर्जनौं गीत लोकप्रिय छन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

कार्यक्रम सफल बनाउन सिड्नी तथा वरपरका सबै नेपालीलाई उपस्थित हुन अनुरोध गरिएको कार्यक्रम स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि सञ्चालन हुने बताइएको छ।

_x000D_ _x000D_

फेस्टिभलमा स्थानीय कलाकारहरुको प्रस्तुति, चंगा उडान प्रतियोगिता, मःम खाने प्रतियोगिता, रथ जात्रा, लाखे नृत्य, पुलुकिसी नृत्य सञ्चालन गरिनेछ। आठ वटा फुड स्टल रहने फेस्टिभलमा बालबालिकाका लागि जम्पिङ क्यास्टल, फेस पेन्टिङसहितका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी आयोजकको छ।

_x000D_ _x000D_

फेस्टिभलको मुख्य प्रायोजक ओली एन्ड एसोसिएट्स रहेको छ।