रहेनन् चलचित्र कलाकार संघका अध्यक्ष रामकिशोर बोगटी

नेपाल लाइभ | २०७५ असोज २३ मंगलबार | Tuesday, October 09, 2018 ०८:२१:०६ मा प्रकाशित

काठमाडौं– नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकिशोर बोगटीको निधन भएको छ।

_x000D_ _x000D_

मंगलबार बिहान रुख काट्ने क्रममा बिजुलीको पोल ढलेर लागेपछि उनी सख्त घाइते भएका थिए। उपचारका लागि बिएन्डबी अस्पताल लाने क्रममा उनको निधन भएको हो। 

_x000D_ _x000D_

उनले दुई वर्षयता संघको नेतृत्व सम्हालेका थिए। अहिले बोगटीलाई पोस्टमार्टमका लागि पाटन अस्पतालमा ल्याइएको चलचित्र कलाकार महासंघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन्।