तुलसीपुर– तुलसीपुर–४ रक्षाचौरस्थित सामुदायिक गुरुजजुर माध्यामिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ।
_x000D__x000D_
जिल्लाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव रहेको अवस्थामा सो विद्यालयमा विद्यार्थी चाप थेगिनसक्नु छ।
_x000D__x000D_
विद्यार्थी अभावले कतिपय विद्यालय एक अर्कोमा गाभ्नुपर्ने अवस्था छ। कुनै समय यहाँ विद्यार्थी अभावका कारण विद्यालय भर्ना अभियान सञ्चालन गर्नुपरेको थियो।
_x000D__x000D_
अहिले विद्यार्थीको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ।
_x000D__x000D_
पछिल्लो समयमा सामुदायिक विद्यालयमा पनि शैक्षिक गुणस्तर वृद्धि तथा कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि विद्यार्थीको चाप बढेको हो।
_x000D__x000D_
विद्यालयले उत्कृष्ट नतिजासमेत ल्याउन थालेको छ। ‘घरदैलो गरेर विद्यार्थी खोज्नुपर्ने अवस्था हटेको छ,’ विद्यालयका शिक्षक प्रमोद न्यौपानेले भने।
_x000D__x000D_
विसं २०११ मा स्थापना भएको सो विद्यालयमा हाल निजी विद्यालयका विद्यार्थीसमेत पढ्न आउने गरेका छन्।
_x000D__x000D_
एक दशकअघि कक्षा १ मा २० देखि २५ विद्यार्थी पढ्ने सो विद्यालयमा अहिले नर्सरीदेखि १२ कक्षासम्म १ हजार ५ सय १८ विद्यार्थी अध्ययनरत छन्।
_x000D__x000D_
विद्यालयमा कक्षा ६ देखि ९ सम्म तीन श्रेणीमा विभाजन गरी पढाउनुपर्ने अवस्था छ। त्यस्तै नर्सरीमा २८ तथा कक्षा १ मा ६३ विद्यार्थी अध्ययनरत छन्।
_x000D__x000D_
अंग्रेजी माध्यमबाट शिक्षण सुरु गरेपछि अभिभावकको विद्यालयतर्फ आकर्षण बढेको प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले बताए।
_x000D__x000D_
वर्षेनी विद्यार्थी बढ्दै गएपछि अहिले प्रवेश परीक्षा लिएर मात्र भर्ना गर्न थालेको उनको भनाइ छ।
_x000D__x000D_
तुलसीपुर उपमहानगरपालिकाका वडा नं ४, ३, ७ र तुलसीपुर ५ र ६ का विद्यार्थी अध्ययनका लागि यहाँ आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रणवकुमार खड्का बताउँछन्।
_x000D__x000D_
आव २०७४/७५ मा जिल्लामै उत्कृष्ट सामुदायिक विद्यालयको छनोटमा परी जिल्ला शिक्षा कार्यालयबाट १० लाख पुरस्कारसमेत पाएको छ।
_x000D__x000D_
त्यस्तै गत वर्षदेखि नमूना विद्यालयका लागि छनोट भई १ करोड रकमसमेत भौतिक निर्माणका लागि पाएको छ।
_x000D__x000D_
विद्यालयसँग चार पक्की भवन छन् भने कम्प्युटर र विज्ञान प्रयोगशालालगायतको सुविधासमेत उपलब्ध छ। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।