काठमाडौं– फोटो काठमाडौंको तेस्रो संस्करण असोज २६ देखि कात्तिक ३० गतेसम्म राजधानीमा आयोजना गरिने भएको छ। यस वर्षको फोटो महोत्सवमा सामेल प्रदर्शनी तथा कार्यक्रमहरु पितृसत्ता, पहिचान, लिङ्ग, यौनिकता तथा शक्ति जस्ता विषयमा केन्द्रित रहने फोटो सर्कलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
_x000D__x000D_
फोटो काठमाडौं २०१८ मा १८ फोटो प्रदर्शनी, ४ रातसम्म स्लाइड सो प्रदर्शनी, १७ जना कलाकारसँग संवाद तथा छलफल प्यानल, ८ वटा कार्यशाला, एक मिक्स (मिडिया रेजिडेन्सी साथै महोत्सवको इतिहासको पहिलो दक्षिण एसियाली इन्क्युवेटर) कार्यक्रम सामेल छन्।
_x000D__x000D_
_x000D__x000D_
तस्बिर : श्रीधरलाल मानन्धर
_x000D__x000D_
_x000D_
‘यसपटक प्रिन्ट प्रदर्शनीतर्फ नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारको विविध समूहले दुई चरणमा आफ्नो काम प्रस्तुत गर्नेछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘कात्तिक ९ गते थप ६ वटा प्रदर्शनीसहित महोत्सवको दोस्रो चरण आरम्भ हुनेछ।’
_x000D__x000D_
कात्तिक ९ देखि १५ गतेसम्म हुने कार्यक्रम सप्ताहमा स्लाइड सोको रूपमा थप प्रदर्शनीहरु, नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारका लागि व्यावसायिक विकासका अवसर, पोर्टफोलियो रिभ्यू, सम्पर्क तथा सञ्जाल विस्तार कार्यक्रमहरु र कलाकार संवाद तथा प्यानल छलफलमार्फत सार्वजनिक अन्तर्क्रिया सामेल छन् ।
_x000D__x000D_
‘यस वर्षको स्लाइड सो कार्यक्रमले विगत वर्षझैँ महोत्सवका प्रमुख विषयबारे वार्तालाप जारी राख्दै एसिया तथा अफ्रिकाका कलाकारको काम प्रदर्शन गर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस वर्षका कार्यशालाहरुले फोटोग्राफीको अभ्यासमा सिर्जना भइरहेका नयाँ प्रवृत्ति र विचारहरुलाई सम्बोधन गर्नेछन्।’
_x000D__x000D_
_x000D__x000D_
तस्बीर : साैम्यशंकर बाेस ।
_x000D__x000D_
_x000D_
असोज १२ गते महोत्सवले ५ वटा देशबाट ६ जना कलाकारलाई एक महिने मिक्स मिडिया रेजिडेन्सीमा स्वागत गरेको थियो। अतिथि प्रबन्धकद्वय वीरांगनाकुमारी सोलंकी तथा सुजन चित्रकारसँगको सहकार्यमा यी कलाकारले पाटनमा एक महिना बसेर फोटोग्राफी तथा अन्य माध्यमबीचको अन्तर्सम्बन्ध अध्ययन गर्दै मौलिक कृति सिर्जना गर्नेछन् र महोत्सवको मुख्य कार्यक्रम अवधिमा प्रदर्शन गर्नेछन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।