ad

३८ सय किलो सुन तस्करीका अभियुक्त डा डेबिटर एक कक्षामा भर्ना, सही हान्न जानिसके

नेपाल लाइभ

Nepal Live

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३८ सय किलो सुन तस्करीका अभियुक्त डा डेबिटर भनिने छिरिङ वाङ्गेल घले १ कक्षामा भर्ना भएका छन्। उनी केन्द्रीय कारागार जगन्नाथ देवलको कैदीबन्दी प्राथमिक विद्यालयको १ कक्षामा भर्ना भएको कारागारले जनाएको छ। 

डा डेबिटर सुन तस्करीको आरोपमै पक्राउ परेका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङका साला हुन्। यसभन्दा अघि ल्याप्चे हान्ने डा डेबिटरले सही हान्नसमेत जानिसकेको जेलर वेदनिधि अधिकारीले बताए। 

कारागारभित्रै ३ वटा स्कुल छ। १२ कक्षासम्मको बन्दी विकास माविमा २ सय ५० विद्यार्थी छन्। त्यसैगरी जगन्नाथ देवल माविमा १ सय ५० र  ४० वर्षे डा डेबिटरसहित प्राथमिक विद्यायलयमा ९० जना विद्यार्थी अध्ययनरत छन्। 

सुन काण्डका अभियुक्त डा डेबिटरले गत जेठ २० मा मोरङ अदालतमा आत्मसमर्पण गरेका थिए। उनलाई जेठ २८ मा केन्द्रीय कारागार काठमाडौं ल्याइएको थियो।

डा डेबिटरमाथि अहिले सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने