पेरिस – बालोन डे'अर फुटबल अवार्ड २०१८ को मनोनयन सार्वजनिक गरिएको छ। पहिलो चरणको मनोनयमा ३० जना खेलाडी परेका छन्। जसमा च्याम्पियन्स लिग विजेता स्पेनिस क्लब रियल म्याड्रिडका ८ खेलाडी परेका छन्।
_x000D__x000D_
इंग्लिस प्रिमियर लिग खेल्ने ११ खेलाडी मनोनयमा समावेश छन्। पेरिसमा ३ डिसेम्बरमा विशेष समारोह आयोजना गरेर अवार्ड प्रदान गरिनेछ। समारोहमा उत्कृष्ट महिला खेलाडीको अवार्ड पनि प्रदान गरिनेछ। महिला खेलाडीलाई अवार्ड प्रदान गर्न लागिएको यो पहिलो पटक हो।
_x000D__x000D_
सन् १९५६ देखि फ्रान्स फुटबल महासंघले उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गर्न सुरु गरेको हो। फ्रान्सका पत्रकार र विश्वभरका पत्रकारका भोटका आधारमा विजेता घोषणा गरिन्छ।
_x000D__x000D_
मनोनयनमा परेका ३० खेलाडी
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
यसअघि ६ वर्ष बालोन डे'अर र फिफाबीच सहकार्य भएको थियो। सन् २०१६ सम्म फिफा बालोन डे'अर नाममा अवार्ड दिने गरिएको थियो। तर २०१७ देखि फिफाले छुट्टै अवार्ड दिन सुरु गर्यो।
_x000D__x000D_
बालोन डे'अर अवार्डको पछिल्लो १० वर्षमा बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसी र युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले मात्र जितेका छन्। दुवैले पाँच–पाँच पटक अवार्ड हात पारेका छन्। फिफा अवार्डमा पनि दुवैको वर्चस्व कायम गरेका थिए। फिफा अवार्ड भने यसपटक दुवैले पाएनन्। रियल म्याड्रिडका क्रोएसियाली मिडफिल्डर लुका मोड्रिकले अवार्ड हात पारेका थिए। त्यसैले यसपटक रोनाल्डो र मेसीबाहेक तेस्रो खेलाडीले बलोन डे'अर अवार्ड पाउने सम्भावना छ।
_x000D__x000D_
अवार्डको पछिल्ला विजेता
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।