काठमाडाैं– नेकपाका नेता वामदेवका लागि काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिन तयार भएका छन्।
_x000D__x000D_
अाफूले गरेका केही सर्तहरू पार्टीले पूरा स्वीकार गरेपछि सांसद रामवीरले पार्टी नेतृत्वसमक्ष सांसद पदबाट राजीनामाको पत्र बुझाएका हुन्। उनले राजीनामा दिएसँगै बर्दियामा पराजित भएका वामदेवले काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने निश्चित भएकाे छ।
_x000D__x000D_
यसअघि वामदेवकाे लागि डोल्पा र बाँकेबाट निर्वाचित सांसदहरुले राजीनामा दिन सहमत भएका थिएनन्। रामवीरले नेकपाको केन्द्रीय सदस्य, राष्ट्रिय सभाको सदस्य र मन्त्री बनाउनुपर्ने सर्तलाई पार्टी नेतृत्वले स्वीकार गरेपछि वामदेवकाे चुनाव लड्ने बाटाे खुलेकाे हाे।
_x000D__x000D_
नेता रामवीरले २०३६ सालमा स्कुल जीवनदेखि नै राजनीति गरेका थिए। अनेरास्ववियुमार्फत राजनीतिमा होमिएका उनी पछि नेकपा एमाले काठमाडौंको जिल्ला सदस्य तथा क्षेत्रीय सदस्यका रुपमा रहेर काम गरेका थिए।
_x000D__x000D_
२०४९ र २०५४ सालमा भएको स्थानीय चुनावमा रामवीर काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष थिए। उनी २०७० सालको संविधानसभामा क्षेत्र नं. ७ बाट हिसिला यमीलाई पराजित गर्दै सांसद बनेका थिए।
_x000D__x000D_
०७४ काे प्रतिनिधि सभाकाे चुनावमा भने उनले राप्रपा नेता विक्रमबहादुर थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।