काठमाडौं– सरकारकै कारण वैदेशिक रोजगारी क्षेत्र अव्यवस्थित हुँदै गएको राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको एक प्रतिवेदनले उल्लेख गरेको छ। यो क्षेत्र सुधारका लागि सरकारले ठोस निर्णयसँगै प्रयास नगर्दा वैदेशिक रोजगारीमा जाने र विदेशमा कार्यरत कामदार धेरै जोखिम मोलेर काम गर्नुपर्दा असुरक्षित हुने गरेको आयोगले आंैल्याएको छ।
_x000D__x000D_
तीन दशकसम्म राज्यले विदेशिएका नेपाली कामदारका विषयमा ठोस कार्य–योजना र रोजगार गन्तव्य देशसँग आफ्ना नागरिकको मानव अधिकारका विषयमा सरकारीस्तरमा सहमति गर्र्न नसक्दा नेपाली नागरिकले विदेशमा धेरै समस्या भोग्नुपरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। आप्रवासी कामदारको अधिकार संरक्षणमा आयोगका प्रयासहरु नामक प्रतिवेदनमा सरकारी उदासिनतालाई मुख्य कमजोरीका रुपमा औंल्याइएको छ।
_x000D__x000D_
आइतबार सार्वजानिक गरिएको उक्त प्रतिवेदनमा नेपाल सरकारले आगामी दश वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने सम्बन्धमा स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुपर्ने सुझाव दिइएको छ।
_x000D__x000D_
हाल वैदेशिक रोजगारीमा कार्यरत ४० लाख नेपाली कामदारमध्ये १० लाख मात्रै स्वदेश फर्किएको अवस्थामा उनीहरुसँग भएको सीप, अनुभवका साथै रोग तथा मुद्दा मामिलाजस्ता विषयले सरकार र समाजलाई अस्तव्यस्त पार्ने आयोगले प्रतिवेदनमा औंल्याएको छ।
_x000D__x000D_
रोजगारदाता देशमा केही कारण युद्ध, विपक्त र अन्य मानवीय नोक्सानी हुने अवस्था सिर्जना भएमा आफ्ना नागरिक उद्धार गरि स्वदेश फर्काउन सरकारलाई समस्या हुने आयोगले प्रतिवेदनमार्फत सरकारको ध्यानाकर्षण गराएको छ।
_x000D__x000D_
आप्रवासी कामदारको एजेन्डालाई हलुका ढंगले हेर्न नहुने प्रतिवेदनमा भनिएको छ। २०७२ साउनदेखि लागू फ्रि–भिसा र फ्रि–टिकट कार्यान्वयन गर्न सरकार गम्भीर नभएका कारण यसको लाभ वैदेशिक रोजगारीमा जाने कामदार लिन नपाएको आयोगले औंल्याएको छ।
_x000D__x000D_
नेपाली नागरिक कुन–कुन देशमा कसरी पुग्छन्, रोजगारदाता देशमा कामदारको अवस्था कस्तो छ भन्ने लगायतका तंथ्याक सरकारले बटुल्न नसक्नु कमजोरी भएको आयोगले निष्कर्ष छ। वैदेशिक रोजगारीमा रहेका कामदारको मानव अधिकारको सुनिश्चित गर्न राज्यले ध्यान दिनुपर्ने आयोगको प्रतिवेदनमा उल्लेख छ।
_x000D__x000D_
यस्तो छ प्रतिवेदनको पूर्णपाठः
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।