काठमाडौं– खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी संस्थानको सक्रियतामा जापानी सहयोग नियोग (जाइका)ले पोखराको मादी खोलालाई पूर्ण प्रशोधन गरी खानेपानीको वितरण गर्न टेन्डर आह्वान गर्ने भएको छ।
_x000D__x000D_
खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको समीक्षा बैठकमा खानेपानी संस्थानले पोखरा र आसपासका क्षेत्रका लागि खानेपानीको सहज वितरण गर्नका लागि जाइकाले टेन्डर आव्हान गर्न लागेको जानकारी गराइएको हो। जाइकाको सहयोगमा ४ अर्ब ८० करोडको लगानीमा टेन्डर आव्हान गर्न लागिएको हो।
_x000D__x000D_
मन्त्रालयले पहिलो पटक यति ठूलो लगानीमा पोखरामा खानेपानीको शुद्धिकरण गर्ने आयोजना सुरु गर्न लागेको हो। यसबाट पोखरा र आसपासका क्षेत्रका बासिन्दाहरु लाभान्वित हुनेछन्।
_x000D__x000D_
त्यसैगरी, बैठकमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा पहिलो पटक काठमाडौंमा ‘वाटर एटिएम’ सुरु हुन लागेकोसमेत जानकारी गराइएको थियो। आउँदो बिहीबारदेखि ललितपुरको सैंबुस्थित बोर्डको परिसरमा ‘वाटर एटिएम’को नमूना प्रदर्शन गरिने बोर्डका कार्यकारी निर्देशक डा सञ्जीव विक्रम राणाले जानकारी दिए।
_x000D__x000D_
थोरै पैसा तिरेपछि पानी पिउन पाइने अवधारणास्वरुप ‘वाटर एटिएम’को सुरुवात गर्न लागिएको हो। यस्तो खालको ‘एटिएम’ पहिलो चरणमा ललितपुरको पाटन दरबार क्षेत्रमा राखिने र काठमाडौं उपत्यकाभित्र विस्तार गर्दै लगिने कार्यकारी निर्देशक राणाले बताए।
_x000D__x000D_
त्यस्तै, बोर्डबाट गठन भएको ‘टास्क फोर्स’ले गत भदौ ३० गते र असोज ५ गते सम्पन्न गरेको अनुगमनबाट हालसम्म १८ वटा ट्यांकरहरुलाई स्टिकर प्रदान गरिएको र मापदण्ड विपरीत सञ्चालन भएका ट्यांकरहरुलाई ३६ हजार रुपैंया जरिवाना गराइएको पनि बैठकमा जानकारी दिइएको थियो।
_x000D__x000D_
बैठकमा मन्त्रालयले दुई साताअघि गठन गरेको पानीको स्रोत संरक्षण तथा ट्यांकर व्यवस्थापन निर्देशिका मस्यौदा समिति र फोहोर पानी निष्काशन मस्यौदा समितिले देशैभरी ढल तथा फोहोर पानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी गराएको थियो।
_x000D__x000D_
बैठकमा खानेपानी मन्त्री बिना मगरले देशभरका स्थानीय निकाय तथा जनताबाट संकलित योजनाहरुलाई कार्यान्वयन गर्ने उद्देश्यले योजना बैंक खडा गर्ने बताइन्। उनले देशैभरी रहेका खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत पूर्ण सरसफाइको अभियानलाई अघि बढाउँदै लैजाने पनि जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।