काठमाडौं– एसिड आक्रमणमा परी घाइते भएकी बसन्ती परियारको स्वास्थ्य सुधारोन्मुख छ। असोज ८ गते एसिड आक्रमण र चक्कु प्रहारबाट घाइते बसन्तीको त्रि.वि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। नवलपरासी कावासोती नगरपालिका–१६ डन्डाबजारमा साग किन्न बजार गएकी बसन्ती अहिले पीडासँग संघर्ष गर्दैछिन्।
_x000D__x000D_
तिघ्राको छाला काटेर अनुहारमा जोडिएको छ। मुखले चपाएर खान सक्ने अवस्था छैन। नाकबाट झोलिलो पदार्थमात्र खुवाउने गरिएको छ। चोट लागेका शरीरका विभिन्न भागमा ड्रेसिङ गरिएका कारण बसन्तीको अनुहार चिन्न गाह्रो छ।
_x000D__x000D_
तरकारी किन्न बजार गएका बेला श्रीमतीमाथि आक्रमण हुँदा पनि स्थानीयले कुनै सहयोग नगरेको बसन्तीका श्रीमान् यमनारायणले गुनासो गरे। श्रीमतीको उपचारका लागि काठमाडौं आएका उनीहरुले छोराछोरीलाई भने घरमै छाडेका छन्। बसन्ती फोनमा बोल्न सक्ने अवस्था छैनन्। घरमा हजुरबुबा र हजुरआमासँग रहेका छोराछोरीले हरेक दिन फोन गरेर ‘ममीसँग कुरा गर्छौ’ भन्दै जिद्दी गर्छन्।
_x000D__x000D_
यमनारायण केही गर्न सक्ने अवस्थामा छैनन्। ‘छोराछोरी आमासँग फोनमा बोल्न औधी जिद्दी गर्छन्। उनको बोल्न सक्ने अवस्थामा फर्किसकेकी छैनन्। आफ्नै छोराछोरीलाई अनेक बहानामा ढाँटिरहेको छु’ यमनारायणले अनुहार लुकाए।
_x000D__x000D_
शल्यक्रिया गरिएकाले बसन्तीलाई बोल्न मिल्दैन। ‘बिहान घरमा फोन गरेको मम्मीलाई फोन दिनु न बाबा भन्थी छोरीले। मैले मम्मीलाई सञ्चो भइसक्यो। मम्मी र अन्टी बाहिर घुम्न गएका छन्, मूड फ्रेस गर्न। आए भने म कुरा गराउँला नि’ भनेको छु, यमनाराण भन्छन्, ‘छोरा छोरीलाई झूट बोल्न हुन्न भनेर सिकाउने मलाई नै अहिले झूट बोल्नुपर्ने बाध्यता छ।’
_x000D__x000D_
दशैं नजिकिए पनि यमनारायण र बसन्तीको घर जाने सक्ने अवस्था छैन। अब, बसन्ती हिड्न सक्ने अवस्था भएपछि मात्र घर जाने यमनारायण बताउँछन्। ‘उसै पनि हामीलाई के को दशैं मनाउनु थियो र? शत्रु लागेर श्रीमतीको बेहाल बनाइदियो,’ यमनारायणको दुखेसो छ, ‘चाडपर्व नजिकिदैं गर्दा पीडाले मन पोलिरहेको छ। कम्तीमा पनि छोराछोरीसँगै चाडपर्व मनाउने मन कसलाई हुँदैन र? छोराछोरीलाई झन् कस्तो हुँदो हो, चाड नजिकिँदा मन पोले पनि सम्हालेको छु। तर, उनलाई सञ्चो होस्। उनलाई सञ्चो भयो भने त फेरी पनि दसैं आउलान् नि।’
_x000D__x000D_
_x000D__x000D_
तर, दशैं आइसक्यो घर, छिटो आउनु भन्दै छोरा छोरीले गरेको जिद्दी अगाडि भने यमनारायण निरिह बन्छन् । दशैं आए पनि बसन्तीको परिवारमा दशा लाग्यो । आमामाथिको भयावह आक्रमणपछि छोरा छोरीले बसन्तीलाई अहिलेसम्म देख्न पाएका छैनन्।
_x000D__x000D_
यमनारायण श्रीमतीमाथि आक्रमण हुँदा विदेशबाट आएको डेढ महिना पनि पुगेको थिएन। यसपालिको दसैं घरमा आमाबुबा र ससुरालीका सासुससुरा सबै परिवारसँगै मनाउँला भन्ने सोचेका थिए यमनारायणले।
_x000D__x000D_
यमनारायण आफैं बिरामी थिए। आफ्नै उपचार गर्नुपर्ने अवस्था थियो। श्रीमतीको उपचार गर्नुपर्ने भयो। तर, अब श्रीमतीलाई सञ्चो भयो भने मात्रै आफ्नो उपचार गर्ने स्थितिमा छन्, यमनारायण। आफूलाई अब जे जस्तो भएपनि पहिले श्रीमतीलाई सञ्चो होस् भन्ने कामना उनको छ।
_x000D__x000D_
आक्रमणको खबर सञ्चारमाध्यममा आइरहे पनि राज्य बेखबर बनेको गुनासो यमनारायणको छ। बिरामी भएकै कारण साथीको सहयोगमा विदेशबाट घर फर्किएका थिए उनी। पायल्स र सुगरका कारण स्वदेश फर्किएका यमनारायणलाई अहिले अस्पतालमा खानबस्न आर्थिक समस्या छ।
_x000D__x000D_
बिरामीको उपचार त भइरहेको छ तर बिल तिर्ने पैसाको अभाव छ। पैसा पूरै चुक्ता नगरे बिरामीलाई घर जान दिँदैन भन्ने सुनेका यमनारायणलाई अहिले अर्को चिन्ता पनि थपिएको छ। 'उनलाई सञ्चो भएर पनि अस्पतालले घर जान दिएन भने के गर्नु?' प्रतिप्रश्न गरेका उनीसँगै कुनै विकल्प छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।