दाङ– सल्यानको छत्रेश्वरी गाँउपालिकाले महत्वाकांक्षी योजना अघि सारेको छ। छत्रेश्वरी गाउँपालिकाले ८१ करोड रुपैयाँको लागतमा लेकपोखरा डाँडामा विमानस्थल बनाउने योजनासहित प्रतिवेदन सार्वजनिक गरेको छ।
_x000D__x000D_
गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी वडा नम्बर ५ मा पर्ने लेकपोखरामा प्रस्ताव गरिएको छत्रेश्वरी विमानस्थलको सम्भावित अध्ययन प्रतिवेदन सार्वजानिक गरिएको हो।
_x000D__x000D_
अनुमानित ८१ करोड लागत अनुमान गरिएको उक्त विमानस्थल बनाउँदा धावन मार्गका लागि चाहिने ६ सय ३० मिटर जमिन प्रशस्त पुग्ने, केही जग्गा सार्वजानिक भएको र केही सामुदायिक वनको भएकोले प्रकृयाको हिसाबले पनि सजिलो हुने प्राविधिक टोलीको प्रतिवेदनमा औंल्याइएको छ।
_x000D__x000D_
_x000D__x000D_
भू–बनावटको हिसाबले धावनमार्गका लागि बलियो जमिन भएको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ। सल्यान र रोल्पा जिल्लाको पश्चिमी भेगका जनतालाई लक्षित गरी अध्ययन थालिएको विमानस्थलमा १९ सिट क्षमताका विमानहरु अवतरण र उडान गर्न सक्नेछन्।
_x000D__x000D_
छत्रेश्वरी गाँउपालिका अध्यक्ष सन्तोष केसी विमानस्थल छत्रेश्वरी गाँउपालिकासँगै सिंगो सल्यानका लागि ‘ड्रिम प्रोजेक्ट’ भएकाले अहिले नै लागत देखेर डराउनु पर्ने अवस्था नरहेको बताउँछन्। ‘हामीभन्दा कमजोर र थोरै जमिन भएका स्थानमा विमानस्थल सुचारु भएका छन्, त्यसैले हाम्रो लागि यो अवसर पनि हो।,’ उनले थपे, ‘सुरुमा सुन्दा धेरैलाई अपत्यारिलो लाग्नसक्छ, तर सबैको सहकार्य र सहयोगले यो सम्भव पनि छ र बनाउनु पनि पर्छ।’
_x000D__x000D_
प्रस्तावित छत्रेश्वरी विमानस्थलको अध्ययन गर्ने जिम्मा पाएको आरम्भ आर्किटेक्ट एन्ड इन्जिनियर्सको टिमले अध्ययन प्रतिवेदन सार्वजनिक गरेकोे हो।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।