काठमाडौं- अभिनेत्री पुजा शर्माले निकृष्ट मानसिकता भएका युट्युवर्सहरुले आफ्नो नाम दुरुपयोग गरेको भन्दै सामाजिक सञ्जालमा आक्रोस पोखेकी छन्। उनले पछिल्लो समय आफ्नो नाम जोडेर अाफ्नाे कुनैपनि सम्बन्ध नरहेका विषयवस्तु बिकाइरहेको पाएको बताउँदै युट्युवर्सहरुप्रति आक्रोश पोखेकी हुन्।
_x000D__x000D_
शर्माले युट्युवर्सहरुले आफ्नो मर्यादा बाहिर रहेर निकृष्ट शिर्षक राख्नाले आफ्नो छविमा असर परेको उल्लख गरेकी छन्। उनले पुनः यस्ता शिर्षक देखेमा सार्वजनिक रुपमानै झापड हान्ने चेतावनी पनि दिएकी छन्। उनले एक युट्युव च्यानलमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरीसँगको अन्तर्वाताको शिर्षक 'स्क्रिनसट' गरी सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेकी छन्।
_x000D__x000D_
उक्त फोटोलाई लिएर युट्युवर्सहरुसँग प्रश्न गर्दै पुजाले लेखेकी छन्, ‘हरेक समय युट्युव खोल्दा मेरो नाम दुरुपयोग भइरहेको देख्छु। कतिपय युट्युवका भित्ताहरुमा त मेरो व्यक्तित्व खराब गर्ने विषयहरु पनि पोष्ट गरिएका छन्, आखिर किन? के युट्युवर्सहरुको लेखाइमा कुनै मर्यादा हुँदैन? निकृष्ट धारणा। आखिर यस्तो फोहोरी शिर्षक नै किन? पुनः यस्ता शिर्षकहरु र नाम दुरुपयोग गरिएको पाएँ भने म सार्वजनिक रुपमै झापड हान्नेवाला छु।’
_x000D__x000D_
उनले अभिनेता अकाश श्रेष्ठसँग जोडेर आफ्नो गलत प्रयोग गरेको खुलाउँदै लेखेकी छन्, ‘हो आकाश श्रेष्ठ मेरो फिल्मको अभिनेता थिए। तर, अहिले हामी सबै आ–आफ्नो कार्यव्यस्ततामा छौं।’
_x000D__x000D_
पुजाले आफ्नो स्टाटसमा गलत प्रवृत्तिका युट्युवर्सहरुले आफ्नो नाम लिएर पैसा कमाउ धन्दामा लागेको समेत उल्लेख गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।