काठमाडौं- पछिल्लो समय नेपालीहरू घुमन्ते हुन थालेका छन्। दसैंतिहारका बेला उनीहरु टीकामा मात्रै थाप्दैनन्, घुम्न निस्कन्छन्।देशभित्र मात्र होइन बिदा मनाउन परिवार तथा साथीभाइसँग विदेश भ्रमणमा जाने संस्कार बढ्दैगएको छ। त्यसमा पनि दसैंजस्ता लामोबिदामा विदेश घुम्न जानेहरु थपिन थालेका छन्।
_x000D__x000D_
विशेषगरी भ्रमणका लागि नेपालीहरू थाइल्यान्ड, टर्की, दुबई, अजरबैजान, मलेसिया, सिंगापुर, युरोप तथा अमेरिकासम्म जाने गरेका छन्। तर, विगतका वर्षहरुमा अतिनै चर्चामा रहेको इन्डोनेसियाको बाली जाने नेपालीको संख्यामा भने कमी आएको छ।
_x000D__x000D_
_x000D__x000D_
विशेषगरी लामो बिदा र ट्राभल कम्पनीहरूले ल्याएका ‘टुर प्याकेज’ले विदेश घुम्नका लागि सहज छ। नेपालीको खर्च गर्ने क्षमतामा वृद्धि, हनिमुन तथा घुम्ने संस्कृतिको विकासले समेत विदेश भ्रमण गर्नेहरु बढिरहेको व्यवसायीहरू बताउँछन्।एक-अर्काको अनुसरण गर्दै लामो समय बिदा हुनेबित्तिकै नेपालीमा विदेश घुम्न जाने प्रवृत्ति बढेको नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोसी बताउँछन्। भ्रमणमा जाने नेपालीको संख्यामा बढ्नुमा सामाजिक सञ्जालमा देखिने मनमोहक तस्बिर पनि एक हो। त्यसमा पनि उच्च र मध्यम वर्गीय परिवारका सदस्य पनि चाडबाडका बेला विदेशिने गरेका छन्।
_x000D__x000D_
अहिले वार्षिक ४ लाखभन्दा बढी नेपाली विदेश घुमफिरमा जाने गरेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ। विश्वका विभिन्न देशबाट नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या पनि अहिले वार्षिक १० लाखको हाराहारीमा पुगिसकेको छ।
_x000D__x000D_
_x000D__x000D_
अहिले नेपालबाट टर्की, थाइल्यान्ड, अजरबैजान र दुबई भ्रमणमा जाने नेपालीको संख्या बढी रहेको लक्की टुर एन्ड ट्राभल कम्पनीका प्रबन्ध निर्देशक सनम शाक्य बताउँछन्।लक्की ट्राभलबाट मात्रै यस वर्ष ८सयभन्दा बढी नेपालीप्याकेजमा विदेश भ्रमण गइसकेको उनको भनाइ छ। 'यो विगतका वर्षको भन्दा झन्डै ३ सयले बढी हो,' उनी भन्छन्।
_x000D__x000D_
_x000D__x000D_
विदेशसँगै नेपालका पर्यटकीय गन्तव्यमा घुमफिरका लागि निस्कनेको संख्या पनि कमी छैन। अहिले नेपालको मनाङ, मुस्ताङ, रारा, पोखरा, इलाम, सौराहालगायत पर्यटकीय गन्तव्य आन्तरिक पर्यटकले भरिभराउ छन्।
_x000D__x000D_
नेपालको पर्यटन बजारमा आन्तरिक पर्यटकको हिस्सा ७० प्रतिशतभन्दा बढी छ। नेपालका पर्यटकीय गन्तव्यबाहेक पनि वार्षिक एक लाखभन्दा बढी नेपाली थाइल्यान्ड र मलेसिया पुग्ने गरेको पर्यटन बोर्डको अनुमान छ।
_x000D__x000D_
दुबई, सिंगापुर र अहिले नयाँ गन्तव्यका रूपमा उदय भएका ट्रकी र अजरबैजान भ्रमणमा जाने नेपाली पनि वार्षिक २५ हजारभन्दा बढी छन्। सामान्यता युरोप र अमेरिका भ्रमणमा जाने नेपालीले ४ लाख रुपैयाँसम्म खर्च गर्ने गरेको लक्की ट्राभलको भनाइ । यसैगरी थाइल्यान्ड र दुबई एक लाख रुपैयाँमै घुम्न सकिने ट्राभल कम्पनीहरु बताउँछन्।ट्रकी घुम्न भने एक लाख ६० हजार र अजरबैजान घुम्न जाँदा एक लाख ३० हजार रुपैयाँ भए पुग्ने ट्राभल कम्पानीको भनाइ छ।
_x000D__x000D_
_x000D__x000D_
पछिल्ला केही वर्षदेखि बलियो बन्दै गएको मौद्रिक अवस्था र घुम्ने संस्कारको विकासले पनि यो संख्या बढ्दो क्रममा रहेको बोर्डका कार्यकारी निर्देशक जोशीको भनाइ छ। ट्राभल एजेन्सीहरूले प्याकेज नै बनाएर नेपालीलाई पर्यटकका रूपमा विदेश लैजाने गरेका छन्। दसैंको घटस्थापनादेखितिहारसम्मलाई लक्ष्य गरी सार्वजनिक गरिएका टुर प्याकेजमध्ये ९५ प्रतिशत ‘प्याक’ हुने गरेको एजेन्सी सञ्चाकलहरू बताउँछन्।
_x000D__x000D_
पैसा भएका र घुम्न मन पराउनेका लागि यस्ता प्याकेजले सहयोग गरेको जोशीले बताए । कतिपय भने छोराछोरी विदेशमा रहेकै कारण पनि भेटघाट र घुमफिरमा जाने प्रवृत्ति बढेको उनको भनाइ छ। 'घुमफिर गर्नेको संख्या बढ्नु भनेको पर्यटन क्षेत्र सुधारको बाटोफराकिलो बन्दै जानु हो,'जोशीले भने।
_x000D__x000D_
_x000D__x000D_
दसैंतिहार बिदामा मात्रै २० हजारभन्दा बढी नेपाली ट्राभल एजेन्सीले ल्याएका प्याकेजको प्रयोग गरी विदेश भ्रमणका जाने गरेको ट्राभल कम्पनीहरुको भनाइ छ। हरेक वर्ष बाहिरी मुलुक घुम्ने नेपाली बढ्दै गएको नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनील शर्मा बताउँछन्। नेपालमा आउने पर्यटकको मात्र तथ्यांक राखिने गरिएकाले आधिकारिक तथ्यांक नभए पनि हरेक वर्ष यो क्रम बढ्दै गएको उनको भनाइ छ। दसैंको समयमा विदेश घुमघाम गर्ने नेपालीको संख्या बढेसँगै विदेश जाने नेपाली पर्यटक (आउटबाउन्ड टुर)को व्यवसायमा समेत टेवा पुगेको प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा)का प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाल बताउँछन्।
_x000D__x000D_
तर, हवाई टिकट अभावका कारण विदेश घुम्न जानेको संख्याका केही कमी आएको भएको ट्राभल कम्पनी सञ्चालकहरु बताउँछन्। बैंकक जानेले सहजै टिकट पाउने अवस्था छैन। यति हुँदाहुँदै पनि विदेश जानेको संख्यामा वार्षिक १५ प्रतिशत वृद्धि भएको पर्यटन व्यवसायीहरु बताउँछन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।