काठमाडौं– प्रहरी प्रधान कार्यालयले उपत्यकाका तीन वटा वृत्त प्रमुख हेरफेर गरेको छ। प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीका अनुसार महानगरीय प्रहरी वृत्त बौद्धमा महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दलाई खटाइएको छ।
_x000D__x000D_
शनिबार साँझमात्रै बौद्धका डिएसपी श्यामकुमार राई घुससहित पक्राउ परेपछि बौद्ध वृत प्रमुखको पद खाली थियो।
_x000D__x000D_
त्यसैगरी, महानगरीय प्रहरी वृत सातदोबाटोमा डिएसपी गौतम मिश्रलाई पठाइएको छ। सातदोबाटोका डिएसपी विनोद सिलवाललाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरी उनको ठाउँमा मिश्रलाई ल्याइएको हो।
_x000D__x000D_
त्यस्तै, महानगरीय प्रहरी वृत थानकोटमा डिएसपी कुमारविक्रम थापालाई खटाइएको छ। थानकोट वृतका डिएसपी नवरत्न पौडेल संयुक्त राष्ट्रसंघकाे शान्ति मिसनमा जाने भएपछि उनको ठाउँमा थापालाई पठाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।