काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०१९ लाई ‘टुरिजम प्रमोसन इयर’ मनाउने भएको छ। सरकारले २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेकोले उक्त अभियानलाई सफल पार्न एनआरएनएले सन् २०१९ भरी विश्वका ८० वटा देशमा प्रवर्द्धन कार्यक्रम संचालन गर्ने घोषणा गरेको हो।
_x000D__x000D_
राजधानीमा संघले आयोजना गरेको नेपालको पर्यटनको दिर्घकालीन रणनीति विकासमा एनआरएनएको भूमिका विषय अन्तर्क्रिया कार्यक्रममा बोल्दै संघका अध्यक्ष भवन भट्टले सन् २०१९ लाई ‘टुरिजम प्रमोसन इयर’ को रुपमा मनाउने घोषणा गरेका हुन्।
_x000D__x000D_
सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने तयारी गरिरहेको बेला एनआरएनएले टुरिजम प्रमोसन इयरका रुपमा मनाउने योजनासहित कार्यक्रम सार्वजनिक गरेको हो।
_x000D__x000D_
‘विश्वभर नेपाली बसोवास गर्दै आएका छन,’ अध्यक्ष भट्टले भने, ‘नेपालले आयोजना गरेको बृहत् अभियानमा सहयोग पुर्याउन आफूहरु लागिपरेका छौं।’ नेपालीहरु बसोवास गर्दै आएका सबै देशमा त्यहाँका नेपाली प्रतिनिधिसँगको सहकार्यमा नेपालमा पर्यटक पठाउने अभियान चलाउने अध्यक्ष भट्टल बताए।
_x000D__x000D_
पर्यटन क्षेत्रको विकासले नै विश्वका धेरै मुलुकको आर्थिक अवस्था मजबुत भएको र नेपालमा पनि धेरै पर्यटक ल्याउन आवश्यक रहेको उनले बताए। नेपालमा धेरै पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियानलाई निरन्तरता दिने समेत उनको भनाइ छ। नेपाल आउने पर्यटकलाई लक्षित गरी ‘नमस्ते क्याम्पियन’ को समेत थालनी गरिएको समेत भट्टले जानकारी दिए।
_x000D__x000D_
प्रवासमा बसेर नेपालको पर्यटन क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यका साथ ‘तीन जना साथीलाई नेपाल पठाऊ’ अभियान पनि सञ्चालन गरिरहेको भट्टले बताए। प्रवासी नेपालीले नेपालको प्रचार गरी आफ्ना तीन-तीन जना साथीलाई मात्र नेपालमा पठाउन सके पनि पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने उनको विश्वास छ।
_x000D__x000D_
अध्यक्ष भट्टले नेपाल आउने पर्यटकको दर्जा नतोक्न अनुरोध गरेका छन्। पछिल्लो समय खर्च गर्ने र नगर्ने पर्यटक भन्न लागिएको र त्यसले नकारात्मक प्रभाव फैलने उनको तर्क छ। यहाँ आउने जुनसुकै स्तरका पर्यटक भएपनि ती नेपालका पाहुना भएकाले उनीहरुलाई समान व्यवहार र समान सम्मान गर्न सम्बन्धित निकायहरुलाई अनुरोध समेत गरेका छन्।
_x000D__x000D_
भ्रमण वर्ष २०२० लाई सफल बनाउन र विभिन्न देशमा रहेका नेपालीहरुले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन विदेशमा रहेका पर्यटन क्षेत्रका संघसंस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्दै आएको एनआरएनएकी उपाध्यक्ष सपिला राजभण्डारीले बताइन्। यस्तै सगरमाथाको प्रचारप्रसारका लागि सगरमाथा आरोहण गरिसकेकासँग त्यहाँका टेलिभिजन, अनलाइन र पत्रपत्रिकामा आफ्नो अनुभव प्रसारण र प्रकाशन गर्न समन्वय गरिरहेको उनको समेत उनले जानकारी दिइन्।
_x000D__x000D_
कार्यक्रममा बोल्दै एक्सपिरेन्स नेपाल अभियानका संयोजक दिपेशमान शाक्यले सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन एनआरएनएले विश्वभर प्रवर्द्धन कार्यक्रम गर्ने बताए। सन् २०१७ मा युरोप भ्रमण वर्षका संयोजक समेत रहेका शाक्यले युरोपमा विभिन्न गतिविधि गरिरहेको जानकारी दिए।
_x000D__x000D_
नेपालको पर्यटन प्रवद्र्धनमा एनआरएनले खेलेको भूमिकाको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले प्रशंसा गरे। एनआरएनले गरेका कार्यक्रममा सहकार्य गर्न आफूहरु तयार रहेको समेत उनले बताए। सिइओ जोशीले एनआरएनएको भूमिका पर्यटन प्रर्वद्धनसंगै समग्र मुलुकको आर्थिक सम्बृद्धिमा जोडिएको समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।