काठमाडौं– नेपाली कांग्रेसले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक जग्गाको प्रबन्ध गर्न ढिला नगर्न सरकारलाई सुझाव दिएको छ। आइतबार राति सकिएको कांग्रेस केन्द्रीय समितिको बैठले यस्तो निर्णय गरेको हो।
_x000D__x000D_
कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाको प्रस्तावमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा छलफल आवश्यक रहेको भन्दै संसदमा सार्वजनिक महत्वको प्रस्तावसमेत दर्ता भएको छ। ‘यस्तो अवस्थामा कांग्रेस केन्द्रीय समितिको बैठक पनि निजगढ विमानस्थलको निर्माण गर्ने एक दशक पुरानो हाम्रो संकल्पको राष्ट्रिय गौरवको सपना सफल कार्यान्वयन गर्न जरुरी छ।’, विज्ञप्तिमा जनाएको छ।
_x000D__x000D_
तर, विमानस्थलका लागि आवश्यक पर्ने जग्गाभन्दा बढी जग्गाका रुख काट्ने प्रस्तावप्रति कांग्रेसले आपत्ति जनाएको छ। आवश्यक पर्ने जग्गा, आयोजनका सम्बन्धमा उत्पन्न विवाद, लगानी सुनिश्चितता तथा निर्माणको ‘मोडालिटी’का बारेमा राष्ट्रिय रुपमा गम्भीर छलफल गरेर निर्णयमा पुग्न, यसलाई विवादित बनाउनबाट रोक्न र समयमा नै निर्माण सम्पन्न गर्नेगरी गति बढाउन कांग्रेसले सरकारलाई अपिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।