काठमाडौं– साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक ६ दशमलब १६ अंकले बढेर १ हजार २ सय २० दशमलब ५२ बिन्दुमा आइपुगेको छ।
_x000D__x000D_
सोमबार १ सय ६३ कम्पनीको सेयर किनबेच गर्दा ३७ करोड १६ लाख ५६ हजार ९ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ।
_x000D__x000D_
पछिल्लो केही दिनदेखि निरन्तररुपमा उच्च कारोबार भएको बैंकिङ समूहअन्तर्गतका कम्पनीहरुको यसदिन पनि उच्च कारोबार भएको छ। सबैभन्दा धेरै माछापुच्छ«े बैंकको सेयर कारोबार भएको छ। बैंकको ९ करोड ६९ लाख ९ हजार ९ सय १३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो। त्यस्तै, एनआइसी एसिया बैंकको १ करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
_x000D__x000D_
सोमबार जीवन बिमा र अन्य समूहबाहेक अरु सबै समूहमा हरियाली छाएको छ। जीवन बिमा समूह ४ दशमलब ७१ अंकले र अन्य समूह ३ दशमलब ९५ अंकले घटेको छ। सर्वाधिक कमाउनेमा होटल समूहअन्तर्गतका लगानीकर्ता रहेका छन्। समूहको सेयर मूल्य ४८ दशमलब ४३ अंकले बढेको छ।
_x000D__x000D_
सोमबार सर्वाधिक कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय ३५ रुपैयाँले बढेको छ। यता सर्वाधिक गुमाउनेमा मन्जुश्री फाइनान्सका लगानीकर्ता रहेका छन्। फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँले घटेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।