काठमाडौं– विज्ञहरुले कानुन निर्माणमा देखिएका जटिलता हटाउन सरोकारवाला निकायसँग परामर्श गर्न सांसदहरुलाई सुझाव दिएका छन्।
_x000D__x000D_
कानुनविद् काशीराज दाहालले कानुन निर्माणमा देखिएका जटिलता हटाउन सरोकारवाला निकायसँग परामर्श गर्न सांसदहरुलाई सुझाव दिएका हुन्।
_x000D__x000D_
सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले कानुन निर्माणका लागि आम नागरिकको धारणा लिन सकिनेतर्फ पनि समितिको ध्यानाकर्षण गराए। समितिले ऐन निर्माण तथा कार्यान्वयन सम्बन्धमा छलफल गर्न दाहाललाई समितिको बैठकमा बोलाइएको थियो।
_x000D__x000D_
बैठकमा समितिका सदस्यहरुले पनि दोहोरो अर्थ नलाग्ने गरी कानुन निर्माणको काममा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएका थिए। समितिकी सदस्य उदया शर्मा पौडेलले दोहोरो अर्थ नलाग्ने गरी कानुन निर्माण भए/नभएकोतर्फ समितिले जोड दिनुपर्ने धारणा राखे। उनले कानुनको प्रभावकारी कार्यान्वयनका लागि पनि समितिले निगरानी राख्नुपर्ने आवश्यकतामा जोड दिए।
_x000D__x000D_
समितिका अर्का सदस्य ठगेन्द्र प्रकाश पुरीले उपयुक्ततालाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्ने बताए। उनले संवैधानिक व्यवस्थाअनुसार कानुन निर्माण भए/नभएको विषयलाई पनि समितिले गम्भीरताका साथ उठाउनुपर्ने धारणा राखे।
_x000D__x000D_
राष्ट्रियसभाअन्तर्गतको यो समितिको कार्य क्षेत्रभित्र संघीय संसदमा प्राप्त विधेयकमाथि छलफल तथा विधेयक व्यवस्थापन, ऐन कार्यान्वयन मापन र अनुसन्धान सम्बन्धी कार्य पर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।