काठमाडौं- बडादसैंका बेला शक्तिपीठमा हुने पशुबलि रोक्न ७७ वटै जिल्लामा अभियान सुरु गरिएको छ।
_x000D__x000D_
नवजीवन परोपकार सामाज, मानव कल्याण समाज, बौद्ध निङमा संघ, श्रीकृष्ण प्रणामी युवा परिषद्, अहिंसाप्रेमी साहाकारी समाज लगायत २८ वटा सामाजिक संघसंस्थाको पहलमा शक्तिपीठ तथा कोतघरमा दसैंका बेला हुने बलि रोक्न माग गर्दै अभियान सुरु गरिएको नवजीवन परोपकार सामाजका अध्यक्ष दुर्गानाथ दाहालले बताए।
_x000D__x000D_
अभियानअन्तर्गत ती संघसंस्थाले एक सातायतादेखि विभिन्न शक्तिपीठ व्यवस्थापन समिति, त्यहाँका पुजारी, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा ज्ञापत्रनपत्र बुझाइएको छ।
_x000D__x000D_
हिन्दु मात्र होइन विश्वका सबै धर्मग्रन्थले सबै प्राणीमाथि दया, करुणा, मायाकै लागि प्रेरित गरिरहेको दाहाल बताउँछन्। 'बलिप्रथा रोकेर समाजलाई हिंसामुक्त बनाउनुपर्छ,' उनले भने।
_x000D__x000D_
ज्ञापनपत्रमा सजीव प्राणी सबैलाई बाँच्ने अधिकार भएकाले धर्मका नाममा निरीह, प्राणीमाथि खुँडा, खुकुरी, तरबारजस्ता हतियार चलाउनु कायरता भएको उल्लेख छ।
_x000D__x000D_
दसैंलाई साधनाको पर्व, असत्यमाथि सत्यको विजय, पारस्परिक सद्भाव र सम्मानको पर्वको रुपमा विकास गर्दै लैजानुपर्ने भएकाले पशुबलिको कलंकलाई हटाउनुपर्ने उक्त अभियानमा सक्रिय नायक निखिल उप्रेती बताउँछन्। 'एक्काइसौं शताब्दीमा आएर पनि ढुंगालाई राक्षस र देउताका नाममा छुट्याएर चेतना भएका व्यक्ति पनि हिंसा गर्नमा उत्साहित भएका छन्,' उनले भने, 'धर्मको नाममा हुने हिंसाजन्य विकृति रोक्नु सबैको कर्तव्य हो।'रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।