बझाङ- बझाङको जयपृथ्वी नगरपालिकामा घरेलु मदिरा जफत गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ। गएराति वडा नम्बर १ मा मदिरा नियन्त्रणमा लिन खोज्दा भएको झडपमा प्रहरी जवान वीरेन्द्र क्षेत्री घाइते भएका छन्। उनको आँखामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
_x000D__x000D_
मदिरा नियन्त्रण गर्ने क्रममा स्थानीयले ढुंगा प्रहार गर्दा क्षेत्रीको आँखामा लागेको थियो।
_x000D__x000D_
गएराति २ बजेसम्म प्रहरीले ५ हजार लिटर मदिरा बरामद गरेको छ।
_x000D__x000D_
केही दिनअघि मात्रै बझाङमा पूर्ण रुपमा मदिरा प्रतिबन्ध गर्ने निर्णय गरिएको थियो। तर बझाङ उद्योग वाणिज्य संघले उच्च अदालत दिपायलमा यसविरुद्ध जाहेरी दिएको थियो। असोज ७ गते उच्च अदालत दिपायलले अर्काे आदेश जारी नभएसम्मका लागि मदिरा प्रतिबन्ध नगर्न र नियन्त्रण गर्न आदेश दिएको थियो।
_x000D__x000D_
जनप्रतिनिधिहरुले नै बझाङ जिल्लालाई मदिरा बन्द गर्नुपर्ने योजना बनाए पनि नियन्त्रणका क्रममा जनप्रतिनिधिले सहयोग नगरेको डिएसपी प्रवीण धितालले बताए।
_x000D__x000D_
चाडपर्व नजिकिएसँगै घरेलु मदिराको कारोबार उच्च हुन थालेपछि बझाङ प्रहरीले मदिरा उत्पादन हुने स्थानमा छापा मारी नष्ट गर्ने अभियान चलाएको छ।
_x000D__x000D_
सदरमुकामस्थित चैनपुरको भोटेटोल, डुङग्री, भोपुर र पुरी गाउँ लगायतका स्थानबाट बरामद भएको ५ सय लिटर मदिरा नियन्त्रणमा लिएर प्रहरीले आइतबार नष्ट गरेको छ। 'चैनपुर आसपासबाट बरामद गरिएको मदिरा चैनपुरको रिङरोडबाट सेती किनारमा नष्ट गरिएको छ। अब तमैल, भाँडेबजार, झोता, देउरा, बाग्थला लगायतका बजारमा अनुगमन गर्ने योजना छ' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।