एजेन्सी– बलिउड सिनेनगरी यतिबेला तनुश्री र नाना पाटेकरबीचको विवादले तातिएको छ। तनुश्रीले १० वर्षअघि फिल्म सुटिङका क्रममा पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् भने पाटेकरले उक्त आरोपको खण्डन गर्दै आएका छन्।
_x000D__x000D_
तनुश्री र पाटेकरबीचको विवादका सम्बन्धमा बलिउड सेलिब्रिटीहरुले आ–आफ्नो विचार र अभिव्यक्ति दिइरहेका छन्। यसैक्रममा अभिनेत्री कंगना रनौतले भने अर्को नयाँ हिंसाको घटना अघि सारेकी छन्।
_x000D__x000D_
रनौतले सन् २०१५ मा फिल्म ‘बाम्बे वेलवेट’को प्रचारका क्रममा फिल्म क्विनका निर्देशक बिकास बहलले एक महिलामाथि याैनहिंसा गरेको विषय खुलासा गरेकी हुन्। उनले भनेकी छन्, ‘उक्त समय फिल्म प्रमोसन टिममा रहेकी महिलाले आफूमाथि निर्देशक बहलले दुर्व्यवहार गरेको सुनाएकी थिइन्।’
_x000D__x000D_
कंगनाले सन् २०१४को एक किस्सा सम्झदै भनेकी छन्, 'विकास र म जब सार्वजनिक स्थानमा भेट हुन्थ्यौं उनि मसँग जोडसँग अंकमाल गर्थे। मलाई जोडले समाउथे अनि मेरो कपालको सुगन्ध लिने गर्दथे। उनलाई मेरो शरीरबाट हटाउन मलाई पूरा बल नै प्रयोग गर्नुपर्दथ्यो। जब मेरा शरीरबाट उनी छुट्थे अनि भन्थे ‘मलाई तिम्रो सुगन्ध खुब मन पर्छ।’
_x000D__x000D_
कंगनाले उनै पीडित महिलाको पक्ष लिँदै भनेकी छन्, ‘मैले ती महिलाको सधैं विश्वास गरें र साथ दिइरहें तर उक्त समय उनले मागेको सहयोग अनि उनको आवाज मारियो।’
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।