काठमाडौं– मल्टिस्टारर फिल्म ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।
_x000D__x000D_
बेरोजगार युवाको कथामा आधारित फिल्मको ट्रेलर पनि कमेडी सवांदले भरिएको छ।
_x000D_
_x000D_विशेषगरी पैसा कमाउन ३ पात्रहरु आयुष्मान देशराज, सन्दीप क्षेत्री र रवीन्द्र झाले गरेको संघर्षमाथि कमेडी दृष्य फिल्मको ट्रेलरमा देखाएको छ।
_x000D__x000D_
दीपेन्द्र खनालको निर्देशनमा निमार्ण भएको फिल्ममा ३ अभिनेतासहित प्रियंका कार्की, बेनीसा हमाल, सुरक्षा पन्त, ऋचा शर्मा, निश्चल बस्नेत अर्पण थापा, परमिता आरएल राणा लगायतको अभिनय छ।
_x000D__x000D_
कार्यक्रममा फिल्मका निर्देशक खनालले समाजभित्रको यथार्थ घटनालाई हास्य प्रस्तुतिमा देखाउन खोजेको बताए। उनले भने, ‘अघिल्ला फिल्मभन्दा ‘चङ्गा चेट’लाई फरक शैलीमा बनाउने प्रयास गरेका छौं।’
_x000D__x000D_
माधव वाग्ले र शर्मिला पाण्डेको लगानी रहेको फिल्मको कथावस्तु प्रदीप भारद्वाजले लेखेका हुन्। आउँदो कात्तिक १६ गतेबाट प्रर्दशनमा आउने फिल्ममा राजनराज सिवाकोटी, अल्मोडा राना उप्रेती र अर्जुन पोखरेलको संगीत सुन्न सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।