बझाङ- चाडपर्व नजिकिएसँगै घरेलु मदिराको कारोबार उच्च हुन थालेपछि बझाङ प्रहरीले मदिरा उत्पादन हुने स्थानमा छापा मारी नष्ट गर्ने अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय चैनपुर, पत्रकार, जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवा सहितको संयुक्त टोलीले जिल्लाका विभिन्न छापा मारी मदिरा नष्ट गरेको हो।
_x000D__x000D_
सदरमुकामस्थित चैनपुरको भोटेटोल, डुङग्री, भोपुर र पुरी गाउँ लगायतका स्थानबाट बरामद भएको ५ सय लिटर मदिरा नियन्त्रणमा लिएर प्रहरीले नष्ट गरेको हो। भोटेटोलबाट मात्रै २ सय लिटर मदिरा बरामद गरिएको डिएसपी प्रवीण धितालले जानकारी दिए।
_x000D__x000D_
'चैनपुर आसपासबाट बरामद गरिएको मदिरा चैनपुरको रिङरोडबाट सेती किनारमा नष्ट गरिएको छ। अब तमैल, भाँडेबजार, झोता, देउरा, बाग्थला लगायतका बजारमा अनुगमन गर्ने योजना छ' उनले भने।
_x000D__x000D_
चाडपर्व नजिकिएको बेला चैनपुर आसपास मात्र अनुगमन हुन्छ नि भन्ने पत्रकारको प्रश्नमा डिएसपि धिताले भने, 'म बझाङ आएको धेरै भएको छैन। मैले जिल्लाका सबै ठाउँमा कडा निगरानी गरेर सुरक्षा प्रबन्ध मिलाउने प्रयास थालेको छु। हामी जिल्लाका सबै बजार पसलमा अनुगमन गर्नेछौं।’
_x000D__x000D_
चाडपर्व नजिकिएसँगै बझाङका सबै ठाउँमा जुवा खेल्ने, खेलाउने, मदिरा बिक्री वितरण गर्ने गिरोह सक्रिय हुने गरेका छ। चैनपुर लगायतका ठूला बजारमा जथाभावी बोल्ने मान्छेको लहर बढेको र जताततैबाट प्रहरीको मिलोमतोमा जुवातास खेलाइएका गुनासो आउन थालेपछि थप कडाइ गरिएको डिएसपी धितालको भनाई छ।
_x000D__x000D_
केही दिनअघि मात्र जिल्ला सभाले जिल्लालाई पूर्णरुपमा नै मदिरा निषेधित क्षेत्र बनाउने निर्णय गरेको थियो। तर उद्योग वाणिज्य संघ बझाङले उच्च अदालत दिपायलमा मुद्दा हालेपछि अदालतले अर्काे आदेश जारी नभएसम्म मदिरालाई बन्द नभई नियन्त्रण गर्न आदेश दिएको छ। यसपछि जिल्लामा छापा मार्दै मदिरा नियन्त्रण गर्न थालिएको हो।
_x000D__x000D_
भिडियोः
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।