काठमाडौ- नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको सभापति हुन उमेर हद ३२ वर्ष तोक्न प्रस्ताव भएको छ।
_x000D__x000D_
नेविसंघ सभापतिको उमेर हद ३२ हुने गरी निर्देशक समितिका संयोजक डा प्रकाशरण महतले बैठकमा प्रस्ताव पेश गरेका छन्। उक्त प्रस्ताव पारित भएमा ३२ वर्षे उमेर हद लागू हुनेछ।
_x000D__x000D_
पार्टीको संस्थापन पक्ष नेविसंघको सभापति बन्न ३२ वर्षे हदबन्दी लगाउने पक्षमा छ भने इतर समूह हदबन्दी हटाउने पक्षमा छ।
_x000D__x000D_
संघको सभापतिका लागि ३२ वर्षे हदबन्दी लागू भएमा संस्थापन पक्षका विद्यार्थी नेताको सभापतिमा सम्भावना बढी हुने भएकाले महामन्त्री डा प्रकाशशरण महत हदबन्दीको पक्षमा छन्।
_x000D__x000D_
महत अाफू नजिकका विद्यार्थी नेता प्रेमराज जोशीलाई सभापतिको उम्मेदवार बनाउन हदबन्दीको पक्षमा रहेको आरोप लाग्ने गरेको छ। जोशी हाल नेविसंघको सह-महामन्त्री छन्।
_x000D__x000D_
महत संयोजक रहेको निर्देशक समितिले विधान संशोधन गर्न र महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न संघलाई निर्देशन गरेको थियो। संघले नियमावलीसहित कार्यतालिका पार्टीलाई बुझाए पनि अनुमोदन भएको छैन।
_x000D__x000D_
संघको विधान पारित गर्ने विवादकै कारण शुक्रबार तोकिएको केन्द्रीय समितिको बैठक आइतबारलाई सारिएको थियो। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चलिरहेको छ।
_x000D__x000D_
बैठक शुरुवात सँगै सह महामन्त्री डा शरण महत ले नेपाल विद्यार्थी संघको विधान बैठकमा यस्तो प्रस्ताव पेश गरेको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी गराए ।
_x000D__x000D_
बैठकमा वर्तमान राजनिती परिस्थिति,महंगी र बलात्कार घटनामा पनि छलफल हुँदै गरेको शर्माले जानकारी गराए। बैठकमा केन्द्रीय सदस्य महेश आचार्य र नविन्द्र राज जोशीले आफ्नो धारणा राखेका छन्।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।