काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले निर्मला हत्या प्रकरणमा वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकालाई निर्देशन दिएको छ। आयोगकी प्रवक्ता मोहना अन्सारीले जारी गरेको विज्ञप्तिमा आयोग ऐन २०६८ को दफा ४(१) बमोजिम नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ८ बुँदाको निर्देशन दिएको हो।
_x000D__x000D_
गत साउन १० गते कञ्चनपुर जिल्लाको उल्टाखाममा बलात्कारपश्चात् हत्या गरिएकी १३ वर्षीया बालिका पन्तको घटनाका भएको ७४ दिन पुगेको छ। उक्त प्रकरणमा आयोगको प्रदेश कार्यालय धनगढी र केन्द्रीय कार्यालयको टोली समेतले अनुगमन÷अनुसन्धान गरेको थियो।
_x000D__x000D_
अनुगमनबाट प्राप्त प्रारम्भिक प्रतिवेदनउपर आयोगमा छलफल हुँदा उक्त घटनाको सम्बन्धमा वैज्ञानिक तथा प्रभावकारी अनुसन्धान गरी दोषी पत्ता लगाई कानुनबमोजिम यथाशीघ्र कारबाही गर्न आयोगले निर्देशन दिएको हो।
_x000D__x000D_
आयोगले बलात्कार एवं हत्याको घटना घटिसकेपछि अनुसन्धानलाई उच्च प्राथमिकता दिई कार्य गर्नुपर्ने, नेपाल प्रहरीले गरेको अनुसन्धानमा सूक्ष्मतम वैज्ञानिक परीक्षण र विश्वसनीय नहुँदा आम मानिस तथा पीडित परिवारमा बढेको निरासा लगायतको विषय उठाएको छ।
_x000D__x000D_
नेपालको संविधानको धारा १६ ले व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक तथा धारा २१(२)ले अपराध पीडितलाई क्षतिपूर्ति र न्याय पाउने हकको व्यवस्था गरेअनुरुप वास्तविक दोषी पत्ता लगाउन आयोगले भनेको छ । कानून बमोजिम कारबाही गर्न तथा पीडित परिवारको न्याय पाउने हक शीघ्र सुनिश्चित गर्न समेत आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
_x000D__x000D_
यस्ता छन् निर्देशन :
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।