काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बेलुका बस्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको व्यस्तता देखाउँदै भोलि बिहानलाई सारिएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा ४ बजेका लागि बैठक तोकिएको थियो।
_x000D__x000D_
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र नेकपाका अध्यक्ष दाहालको कार्यव्यस्तताका कारण नेकपाको आज बस्ने भनिएको सचिवालयको बैठक भोलि बिहान ८ बजेका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
_x000D__x000D_
बिहीबार बिहान बालुवाटरामा उक्त बैठक बस्ने गरि सरेका हो। असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव तोकेको थियो। सो बैठकमा माधव नेपाल अनुपस्थित थिए।
_x000D__x000D_
आफू अफ्रिका रहेका बेला महत्त्वपूर्ण निर्णय गरिएको नेपालले बताइरहेका थिए। आफू अफ्रिकाबाट फर्किएपछि जिम्मेवारी तोक्ने सहमति अध्यक्ष केपी ओलीसँग भए पनि त्यसविपरीत निर्णय गरिएको भन्दै उनले असन्तुष्टि सार्वजनिक गर्दै आएका छन्।
_x000D__x000D_
केहीअघिको संसद बैठकमा माधव नेपालले सरकारको पनि आलोचना गरेका थिए।
_x000D__x000D_
प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा भाग लिएर केही दिनअघि फर्किएका छन्। विमानस्थलमा उनले माधव नेपालको नाम नलिई 'बोल्दै जाँदा पुरानो गीत सम्झना हुन सक्छ' भनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।