काठमाडौं– बंगबन्धु गोल्डकपका कारण स्थगित भएको सहिद स्मारक 'ए' डिभिजन लिग बुधबारदेखि सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघले दसैंअघि ५ खेल हुने आइतबार जनाएको हो
_x000D__x000D_
दसैंअघि ३ दिन खेल हुनेछ। बुधबार मछिच्द्र क्लब र च्यासल युथ क्लबबीच खेल हुनेछ। बिहीबार फ्रेन्ड्स क्लब र थ्रीस्टार क्लब तथा जवालखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ। शुक्रबार हिमालयन शेर्पा र एपिएफ तथा ब्रिगेड ब्वाइज क्लब र मनाङ मर्स्याङ्दीबीच प्रतिस्पर्धा हुनेछ।
_x000D__x000D_
योसँगै लिगको पहिलो चरणको खेल सकिनेछ।
_x000D__x000D_
यसअघि असोज १३ गते भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिमले २–२ को बराबरी खेल्दै अंक बाढेका थिए। अर्को खेलमा संकटाले सरस्वती युवा क्लबलाई १–० गोलले पराजित गरेको थियो।
_x000D__x000D_
पहिलो चरणको खेलपछि तिहारपछि मात्र लिग संचालन हुनेछ। दशैं लगत्तै नेपालले साफ यू–१५ प्रतियोगिता आयोजना गर्न लागेकाले तिहारपछि मात्र लिग गर्ने एन्फाले यसअघि नै जनाएको थियो।
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।