काठमाडौं– राष्ट्रियसभाका सांसद एवम् वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले राष्ट्रियसभाले आफ्नो दायित्व पूरा गर्न नसकेको टिप्पणी गरेका छन्।
_x000D__x000D_
प्रतिनिधिसभाको पुरकसभाका रुपमा रहेको राष्ट्रियसभाले संघीयता कार्यान्वनयका लागि भूमिका खेल्नुपर्ने भए पनि त्यसमा चुकेको बताएका हुन्।
_x000D__x000D_
संसदीय मामिला पत्रकार समाजले गोदावरीमा गरेको संघीय पत्रकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आफैं सदस्य भए पनि राष्ट्रियसभाले आफ्नो दायित्व भूलेको भन्दै आलोचना गरेका हुन्।
_x000D__x000D_
दुवै संविधानसभाका सदस्यसमेत रहेका अधिकारीले संघीय संसदले लाज मर्दो रुपमा कानुन निर्माण गरेको बताए।
_x000D__x000D_
हालसालै पारित भएका मौलिक हकसँग सम्बन्धित १६ वटा विधेयक छलफलविनै कानुन बनेको बताए।
_x000D__x000D_
उनले भने, ‘मौलिक हकसम्बन्धी विधेयक यति लाज मर्दो ढंगले पारित भयो कि हामी सांसदले पाना पनि नपल्ट्याइ पारित गर्यौँ। संशोधन दर्ता गर्न तीन घण्टाको समय दिएको छ भन्न पनि सकेनौं।’
_x000D__x000D_
सांसद अधिकारीले संसद र समितिहरुले आफ्नो काम प्रभावकारी बनाउन कार्ययोजना बनाएर अघि बढ्नुपर्ने उल्लेख गरे।
_x000D__x000D_
अधिकारीले भने, ‘म राष्ट्रियसभाको सदस्य भए पनि भन्नैपर्छ यसले आफ्नो दायित्व पूरा गरेन। हामी स्थानीय तह र प्रदेशसभाका प्रतिनिधिबाट निर्वाचित भएर आएका हौँ।
_x000D__x000D_
त्यस हिसाबले हाम्रो दायित्व स्थानीय तह, प्रदेश र केन्द्रलाई समन्वयन गर्ने हो। त्यो हामीले गरेनौं।’
_x000D__x000D_
प्रदेशसभाको काम कारबाही प्रभावकारी नभएको अवस्थामा प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने अन्तर प्रदेश समन्वय समितिको बैठक राख्न पहल नगरिएको अधिकारीले उल्लेख गरे।
_x000D__x000D_
राष्ट्रियसभासँग पर्याप्त समय भए पनि देशका जल्दाबल्दा विषयमा छलफल हुन नसकेको उनले बताए।
_x000D__x000D_
‘राष्ट्रियसभासँग पर्याप्त समय भए पनि ठोस काम गर्न सकेनौं। कहिले १० त कहिले १५ मिनेट बैठक बसेर उठ्ने गरेको छ। सरकारले त विजनेस दिएन दिएन हामी आफैंले पनि विजनेस पैदा गर्न सकेनौँ। बैठकलाई विजनेस दिने काम हामी सांसदहरुको पनि हो,’ अधिकारीले पत्रकारहरुसँग भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।