चितवन– खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले केही ठूला नदीहरुको पानी पूर्ण प्रशोधन गरी आपूर्ति गर्ने उद्देश्यले गौरवका आयोजनाहरु सञ्चालन गर्ने तयारी भइरहेको बताएकी छिन्।
_x000D__x000D_
पूर्वी चितवनको रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको नवौँ साधारणसभा तथा पाचौँ अधिवेसनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले हरेक जनतामाझ खानेपानीको पहुँच पुर्याउन ठूला नदीनालामा त्यसै खेर गइरहेको पानीको सदुपयोग गर्दै खानेपानी आयोजना सुरू गर्न लागिएको जानकारी दिइन्।
_x000D__x000D_
उनले भनिन्, ‘कर्णाली, महाकाली, भेरी, बबई र नारायणीजस्ता ठूला नदीको पानी पूर्ण प्रशोधन गरी आपूर्ति गर्ने योजनामा जुटेका छौं, त्यसका लागि मन्त्रालयले विदेशी दातृ निकाय तथा कम्पनीहरुसँग लगानीका लागि कुरा अगाडि बढाइरहेको छ। हामी डिपीआरलाई अन्तिम रुप दिने तयारीमा छौं।
_x000D__x000D_
कार्यक्रममा उनले हिमालबाट बग्ने हिमनदीको पानी प्रशोधन गरी विदेश निर्यात गर्ने योजना पनि सँगसँगै अगाडि बढाइरहेको जानकारी दिइन्।
_x000D__x000D_
मन्त्री मगरले खानेपानीको आयोजनासँगै प्रारम्भिक प्रशोधन गरी ढल निकास गर्नुपर्ने व्यवस्थालाई समेत नीतिगत ढंगले अगाडि बढाउन लागिएको बताइन्। उनले देशभर रहेका खानेपानी उपभोक्ता संस्थाका गतिविधि तथा कामकारबाहीका बारे एउटै नेटवर्किङ भित्र राखेर अध्ययन गरिने योजना अगाडि सारिन्। सह–लगानीका आयोजनाहरू प्रभावकारी ढंगले अगाडि बढाउन मन्त्रालय लागिपरेको उनको भनाइ छ।
_x000D__x000D_
मन्त्री मगरले तत्कालै खानेपानीको जटिल समस्या भएका गाउँहरुबाट योजनाहरु छनोट भएको समेत स्पष्ट पारिन्। उनले १५ दिनको अवधिमा दुरदराजका गाँउहरुबाट करिब ३ सय ५० योजना संकलन भइसकेको समेत जानकारी दिइन्। मन्त्री मगरले आधा घन्टादेखि ५ घण्टासम्मको बाटो हिँडेर पानी लिन जाने बाध्यता हटाउनको निम्ति ३ सय ५० योजना संकलन गरेको र तत्कालै ति योजनाहरुमा काम सुरु गर्ने प्रतिबद्धता जनाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।