काठमाडौं– बंगबन्धु गोल्डकपको साविक विजेता नेपाल समूह चरणबाटै बाहिरिएको छ।
_x000D__x000D_
शनिबार भएको समूह 'ए' को अन्तिम तथा निर्णायक खेलमा प्यालेस्टाइनसँग १–० गोलले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।
_x000D__x000D_
यसअघि गत मंगलबार भएको पहिलो खेलमा नेपाललाई ताजकिस्तानले २–० ले पराजित गरेको थियो।
_x000D__x000D_
त्यसैले नेपाललाई सेमिफाइनल पुग्न प्यालेस्टाइनलाई हराउने पर्ने बाध्यता थियो। त्यो पनि २–० गोल भन्दा बढीको अन्तरमा।
_x000D__x000D_
तर बंगलादेशको सिल्हेट सहरको सिल्हेट डिस्ट्रिक रंगशालामा नेपालले ७०औं मिनेटमा गोल खाएको थियो। पहिलो हाफमा नेपालले रक्षात्मक खेल खेलेर प्यालेस्टाइनलाई रोकेको थियो। नेपालले खेल अवधिभर सम्झनलायक आक्रमण समेत गर्न सकेन।
_x000D__x000D_
यसअघि नेपालले सन् २०१६ भएको बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो।
_x000D__x000D_
भिडियो :
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।