काठमाडौं- नेपाल व्यायाम मन्दिरका मिलन सिजापतीले १५ औं संस्करणको धर्मश्री शारिरीक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। उनले शनिबार भएको फाइनलमा १३ औं धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनललाई पछि पारेर उपाधि जितेका हुन्। ८० केजी माथीको तौलमा प्रतिस्पर्धा गरेका सिजापतीले नगद ५ लाख सहित ब्यानेट तथा ट्रफी प्राप्त गरे।
_x000D__x000D_
दोश्रो भएका ८० केजी तौल समूहका सेप फिटनेशका महेश्वरले नगद २ लाख सहित मेडल, ट्रफी तथा प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थानमा ६५ केजी तौल समूहका नेपाल व्यायाम मन्दिरका राम बहादुर दाहाल रहे । उनले नगद १ लाख सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे।
_x000D__x000D_
नेपाल ब्यायाम मन्दिरद्वारा आयोजित धर्मश्री प्रतियोगितामा चौथो स्थानमा सेप टु ढल्कोका प्रवेश श्रेष्ठ रहे । उनले नगद ९० हजार सहिट ट्रफी प्राप्त गरे । उनी ७५ केजी तौल समूहमा प्रथम हुँदै धर्मश्रीका लागि छनोट भएका थिए । यस्तै पाँचौ स्थानमा ७० केजी तौल समूहका नेपाल ब्यायाम मन्दिरका संजीव श्रेष्ठ रहे । उनले नगद ८० हजार सहित ट्रफी प्राप्त गरे । छैटौस्थानमा रहेका ६० केजी तौल समूहका ब्यायाम मन्दिरका आशिष देवाजुले नगद ७५ हजार ट्रफी प्राप्त गरे । यस्तै सातौं स्थानमा ५५ केजीका ब्यायाम मन्दिरका सुरेश खत्री रहे । उनले नगद ६० हजार सहित ट्रफी प्राप्त गरे।
_x000D__x000D_
_x000D__x000D_
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ५५ केजी तौलमा उज्जल जिम तथा जुम्बाका किशन दास दिवाकर दोश्रो र मसल मेनियाका अवाज प्याकुरेल तेश्रो भए । सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा ६० केजी तौल समूहमा फिटनेश स्टुडियोका गौरभ प्रसाद श्रेष्ठ र नेपाल ब्यायाम मन्दिरका सुजन तामाङ्ग दोश्रो र तेश्रो भए । ६५ केजी तौल समूहमा फिटनेश फस्र्टका रोजिन बज्राचार्यले दोश्रो स्थान प्राप्त गरे । यस्त फिटनेश स्टुडियोका सुपेन डङ्गोलले तेश्रो स्थान हात पारे । ७० केजी तौलमा अक्सफोर्ड जिमका समिर श्रेष्ठले रजत पदक पाए । यसैगरि सेप टु ढल्कोका उज्जल राज बज्राचार्यले कास्यमा चित्त बुझाए।
_x000D__x000D_
_x000D__x000D_
प्रतियोगिताको ७५ केजी तौलमा ग्यालेक्सि फिटनेशका ललित धिमाल दोश्रो र रिभर फिल्ड फिटनेशका अशोक महर्जन तेश्रो भए । ८० केजी तौलको समूहमा फिटनेश स्टुडियोका प्रविन शाहीले रजत र सेप टु ढल्कोका विशाल कँडेलले कास्य पाए । यसैगरि ८० केजी माथिको हेभी वेटमा नेपाल ब्यायाम मन्दिरका ग्रिस महर्जनले रजत पाए भने कम्पिल्टि हेल्थ क्लबका अनोज मास्केले कास्यमा चित्त बुझाए। तौल समूहमा दोश्रो तथा तेश्रो हुनेले क्रमश नगद ३० र २० हजार, मेडल तथा प्रमाण प्रत्र प्राप्त गरे।
_x000D__x000D_
२०४२ सालमा १५ हजार पुरस्कार रासीबाट सुरु गरिएको धर्मश्री प्रतियोगिता १५ औं संस्करण सम्म आई पुग्दा शारिरीक सुगठनमा सर्वाधिक धनरासी पुरस्कार रहेको प्रतियोगिता भएको छ।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।