रसुवा– नेपाल र चीनबीच संचालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीबाट भेडा–च्याङग्रा आयात सुरु भएको छ। दसैं, तिहार जस्ता चाड नजिकिएसँगै शनिबारदेखि रसुवागढी नाका हुँदै भेडा–च्याङग्रा आयात सुरु गरिएको हो।
_x000D__x000D_
_x000D__x000D_
चीनको तिब्बतबाट ल्याइएका करीब २ सय भेडा–च्याङ्ग्रा शनिबार रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले बताए। गत वर्ष ५५ वटा मात्र भेडा–च्याङग्रा नेपाल भित्रिएकव् यो नाकाबाट यस वर्ष बढी आयात हुने अनुमान गरिएको छ।
_x000D__x000D_
_x000D__x000D_
प्रति भेडा २३ हजारदेखि २६ हजारसम्म मूल्य पर्ने जानकारी दिँदै उनले भने, ‘यसअघि मुस्ताङबाट ल्याइने गरेकोमा यसपटक यो नाकाबाट आयात गरिनेछ’। नेपाल भित्रिएका भेडा–च्याङग्राको भन्सार आइतबार मात्रै हुनेछ।
_x000D__x000D_
_x000D__x000D_
२०७० सालमा २ सय २ वटा, २०७१ सालमा १ सय ८०, २०७३ सालमा २ सय ५० वटा र २०७४ सालमा ५५ वटा भेँडा च्याङ्ग्रा रसुवागढी नाका हुदै नेपाल आयात भएको थियो। २०७० सालअघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडाच्याङ्ग्रा आयात हुने गरेको व्यापारीहरुले बताएका छन्।
_x000D__x000D_
_x000D__x000D_
दसैँलक्षित गरी बजारमा बिक्री–वितरणका लागि ल्याइएका भेडा–च्याङ्ग्राको मूल्य बढेपछि सर्वसाधारण मर्कामा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।