काठमाडौं– केही दिनअघिसम्म 'निर्मलाको अपराधीलाई कारबाही गर' तथा 'निर्मलालाई न्याय देऊ' भन्दै गरिने आन्दोलन अहिले 'गृहमन्त्री राजीनामा दे' र 'आइजिपीलाई बर्खास्त गर्' भन्नेतिर केन्द्रित हुन थालेको छ। निर्मलाको निम्ति न्यायको नारा सँगसँगै गृहमन्त्रीको राजीनामा पनि उत्रै आवाजका साथमा उठ्न थालेको छ।
_x000D__x000D_
निर्मलाका निम्ति न्याय अभियान बनाएर संघर्ष गर्दै आएका अभियन्ताहरुले बिहीबार सिंहदरबारकै दक्षिण गेटमा प्रदर्शन गरे, धर्ना दिए। 'छापामार' शैलीमा सिंहदरबारको गेटमा पुगेका प्रदर्शनकारीले गेटमा गृहमन्त्रीको राजीनामा माग गरे। उनीहरुले आइजिपीलाई बर्खास्त गर्न माग गरेका थिए।
_x000D__x000D_
गृहमन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारअगाडि प्रदर्शन
_x000D__x000D_
बाहिर गृहमन्त्री र आइजिपीविरुद्ध नाराबाजी भइरहँदा सिंहदरबारभित्रै सत्ताधारी दलकै विद्यार्थी संगठनले आइजिपीको राजीनामा माग्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए।
_x000D_शनिबार पनि गृहमन्त्रीको राजीनामा र आइजिपीलाई बर्खास्तगीको माग गर्दै प्रदर्शन भयो।
_x000D__x000D_
सत्तारुढ दलकै विद्यार्थी संगठनले मागे आइजिपीको राजीनामा
_x000D__x000D_
७३ दिनअघि बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको निम्ति न्याय माग्दै शनिबार माइतीघरमा प्रदर्शन भयो। त्यहाँ भएको केहीबेरको प्रदर्शनपछि सुरु भएको र्याली बानेश्वरसम्म पुगेको थियो। संख्यात्मक रुपमा अन्य दिनभन्दा केही कम उपस्थिति देखिए पनि नारा भने आक्रोशयुक्त लाग्यो।
_x000D__x000D_
प्रदर्शनकारीले जति पटक 'निर्मलाका निम्ति न्याय' भन्दै नारा लगाए उति नै पटक 'गृहमन्त्री राजीनामा दे', 'सरकार तेरो पाराले, दुःख पाए साराले', आइजिपीलाई बर्खास्त गर्', 'नालायक आइजिपी राजीनामा दे' भन्ने नारा पनि लाग्यो। उनीहरुले निरन्तर अपराधीलाई कारबाहीको माग गरे।
_x000D__x000D_
_x000D__x000D_
प्रदर्शनकारीले दुई तिहाइको सरकार भएर पनि लाचार भएको भन्दै आक्रोश पनि पोखे। उनीहरुले 'दुई तिहाइको सरकार, किन यति लाचार' भन्दै नाराको साथमा प्रश्न सोधेका थिए। उनीहरुले नेताबाटै सिकेको र पुलिस पनि बिकेको भन्दै नारा लगाए।
_x000D__x000D_
निर्मलाका निम्ति न्याय : सरकारलाई दबाब दिँदै प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग
_x000D__x000D_
छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरिएको थियो। सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समितिले गत ९ गते गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन। प्रदर्शनकारीको असन्तुष्टि प्रतिवेदन सार्वजनिक नगरिएकोतिर पनि सोझिएको थियो।
_x000D__x000D_
सामान्यतया दलीय वा संस्थागत झन्डै नबोकीकनै प्रदर्शनमा आउन आह्वान गर्ने प्रचलन गरे पनि यसपटक भने त्यस्तो बन्देज थिएन। त्यसैले पनि नयाँ शक्ति नेपालका कार्यकर्ताहरुले झन्डासहित उपस्थिति जनाएका थिए। तर, र्याली वा समग्र कार्यक्रमको नेतृत्व भने स्वतन्त्र अभियन्ताहरुले गरेका थिए।
_x000D__x000D_
_x000D__x000D_
बानेश्वरको कोणसभामा बोल्नेहरु पनि कडा सुनिए। उनीहरुले सरकारले चित्तबुझ्दो छानबिन नगरेको भन्दै आक्रोश पोखे।
_x000D__x000D_
नायिका रेखा थापाले न्याय पनि दान माग्नुपर्ने अवस्था आउनु लज्जास्पद अवस्था भएको भन्दै गुनासो पोखिन्। उनले आफूहरुले दिएको भोट फिर्ता देऊ भन्ने दिन नआओस् भन्दै खबरदारी व्यक्त गरिन्। उनले महिला सांसदहरुप्रति पनि रोष व्यक्त गरिन्। 'हामीजस्ता महिलाहरुलाई हामीले प्रतिनिधि बनाएर संसदमा पठाएका छौं', थापाले भनिन्, 'उहाँहरु के खिचडी पकाएर बसिरहनुभएको छ?'
_x000D__x000D_
'मैले सुनेको थिएँ, बानेश्वरको भवनमा खसीको टाउको राखेर कुकुरको मासु बेचिन्छ', थापाले थपिन्, 'सायद त्यस्तै हो जस्तो लाग्न थालेको छ।'
_x000D__x000D_
रेखा थापाको गुनासो– हामीले न्याय पनि दान माग्नुपर्ने अवस्था आयो?
_x000D__x000D_
नयाँ शक्ति नेपालकी नेतृ कल्पना धमलाले सरकार उल्टो गतिमा हिँडिरहेको बताइन्। 'जनताको आशा थियो, दुई तिहाइको सरकारले देशमा शान्ति स्थापना गर्ने छ। नागरिकको नैसर्गिक हकको सुनिश्चितता गर्ने छ। देशको उन्नति र प्रगति हुने छ। सडकमा नारा जुलुस गर्नुपर्ने छैन', धमलाले भनिन्, 'बिडम्बना यो देश उल्टो गतिमा हिँडिरहेको छ। जनताको आशामा तुषारापात भइरहेको छ।'
_x000D_उनी सरकार कानमा तेल हालेर बसिरहेको आरोप लगाइन्।
_x000D__x000D_
प्रधानमन्त्रीले निर्मला पन्तको अपराधी पत्ता लगाउन १२ वर्ष लाग्न सक्छ भनेको प्रति पनि धमलाले आपत्ति जनाइन्। 'के प्रधानमन्त्रीको यो सत्ता र शक्ति कमजोर भएपछि मात्रै हत्यारालाई सजाय दिने हो? केपी ओलीको सरकारको शक्ति छउञ्जेल त्यो हत्यारालाई बचाउने हो? प्रधानमन्त्रीले उत्तर दिन खोज्नुभएको यही हो?'
_x000D__x000D_
उनले प्रधानमन्त्री जादुगरको कथाजस्तो भएको बताइन्। 'जादुगरले असम्भव कुराहरुलाई मन्त्र गरेर पूरा गरेजस्तो भाषण गरेर जनतालाई ढाँटेर कुर्सी बचाउँछु भन्ने खेलमा प्रधानमन्त्री देखिएका छन्', उनले भनिन्।
_x000D__x000D_
अभियन्ता मुकेश झाले देशमा महंगीभन्दा बढी अरु केही बढेको छ भने त्यो महिलाविरुद्धको हिंसा नै भएको बताए। उनले महिला हिंसाप्रति सरकार गम्भीर नभएको गुनासो पनि गरे। अन्तरिक्षमा गएर अपराधी खोज्छु भन्नु माघमा आँप खुवाउँछु भनेजस्तै झुट कुरा भएको बताए।
_x000D__x000D_
उनले हिंसाबाट मधेसका महिला पनि प्रताडित भएको बताए। उनले मधेसका तथा दलित महिला विरुद्धको हिंसामा राज्य संयन्त्र संवेदनशील हुनुपर्ने धारणा राखे। 'राज्यले महिला विरुद्ध हुने हिंसामा हेर्ने तथा बुझ्ने तरिका र त्यसप्रति गर्ने प्रतिक्रियामा पनि त्यही समुदायले बुझ्ने र सम्झिने गरी गरिनदिनुपर्छ', झाले भने।
_x000D__x000D_
नेविसंघका उपाध्यक्ष डिल्लीराम सुवेदीले पहिलेपहिले रोम जलिरहँदा बाँसुरी बजाउने निरोको कथा पढ्ने गरे पनि अब आउने पुस्ताले केपी ओली र रामबहादुर थापाको बारेमा पढ्नुपर्ने दिन आउन सक्ने बताए।
_x000D__x000D_
विवेकशील साझाकी भावना राउतले जिम्मेवार व्यक्तिहरुले नै अन्तरिक्षमा पुगेर पनि हत्यारा खोज्छौ भनेको प्रति व्यंग्य गरिन्। उनले हत्यारा पत्ता लगाउन अन्तरिक्षसम्म जानै नपर्ने बरु कुर्सीमुनि भएको भन्दै पक्राउ गर्न आग्रह गरिन्।
_x000D__x000D_
निर्मला हत्या प्रकरण : प्रमाण मेटाउनेहरुबाटै अनुसन्धान सुरु गर्न माग
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।