काठमाडौं– बंगबन्धु गोल्डकपको साविक विजेता नेपाली राष्ट्रिय टिमले समूह चरणको अन्तिम खेलमा अहिले प्यालेस्टाइनसँग खेलिरहेको छ।
_x000D__x000D_
गत मंगलबार भएको पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न प्यालेस्टाइनलाई हराउने पर्ने बाध्यता छ। त्यो पनि २–० गोल भन्दा बढीको अन्तरमा। त्यसैले नेपाली टिमका लागि बलियो प्रतिद्वन्द्वी प्यालेस्टाइन विरुद्धको खेल 'गर या मर' जस्तै छ।
_x000D__x000D_
खेल बंगलादेशको सिल्हेट सहरको सिल्हेट डिस्ट्रिक रंगशालामा भइरहेको हो।
_x000D__x000D_
यसअघि प्यालेस्टाइनले बिहीबार भएको आफ्नो पहिलो खेलमा ताजिस्तानलाई २–० गोलले हराएको थियो। यो अवस्थामा नेपाललाई समेमिफाइनल पुग्न प्यालेस्टाइनलाई कम्तिमा २–० गोलले हराउनु पर्ने बाध्यता छ।
_x000D__x000D_
प्यालेस्टाइन प्रतियोगिताकै बलियो टिम हो। फिफा वरीयतामा नेपालभन्दा प्यालेस्टाइन ६० स्थान माथि छ। नेपाल १६०औं स्थानमा छ भने प्यालेस्टाइन सयौं स्थानमा छ। हाल प्यालेस्टाइनको टिममा रहेका खेलाडीहरु मोरक्को, चिली, माल्टा, स्लोभेनिया र स्विडेन जस्ता देशका लिग खेलिरहेका छन्। नेपाल भन्दा बलिया प्रतिस्पर्धीसँग खेलिरहेकाले पनि प्यालेस्टाइन टिमविरुद्ध नेपालालाई खेल्न सहज हुनेछैन।
_x000D__x000D_
लाइभ भिडियो :
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।