काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कुकर्म गर्नेहरुमाथि कडा निगरानी राख्न सामाजिक अभियान थाल्नुपर्नेमा जोड दिएका छन्।
_x000D__x000D_
मुलुकमा महिला र बालबालिकामाथि हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना बढदै गईरहेका बेला वरिष्ठ नेता नेपालले त्यस्ता घटना हुन नदिन सामाजिक अभियान संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याएका हुन्।
_x000D__x000D_
शनिबार दसैं, तिहार, नेपाल संवत र छठको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै नेपालले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई इमान्दार भएर काम गर्न पनि सचेत गराए। 'स्थानीय सरकारले सडक पिच गर्ने, पिउने पानी र हरियाली निर्माणको कामलाई उच्च प्राथमिकता दिनुपर्छ' वरिष्ठ नेता नेपालको भनाई थियो।
_x000D__x000D_
वरिष्ठ नेता नेपालले जनताको समृद्धिको चाहनालाई पूरा गर्न सबैले एकतावद्ध भएर काम गर्नुपर्ने पनि स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।